
लन्डन । बेलायतस्थित जनस्वास्थ्य बिज्ञहरुको हालै सम्पन्न एक भेलाले नेपालको पूर्व क्षेत्रीय स्वास्थ्य निर्देशक बालकृष्ण भुषालको नेतृत्वमा ११ सदस्यीय कार्यकारी समिति तथा ६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा सम्पन्न भेलाले जनस्वास्थ्य बिज्ञ राजेन्द्र थापालाई उक्त कार्यकारी समितिको सदस्य सचिवमा चयन गरेको छ भने उक्त कार्यसमितिको सल्लाहकार समितिमा लिभरपुल विश्वविद्यालयका
प्राध्यापक तथा सहायक डिन डा. पदम सिम्खडा, वरिष्ठ क्यान्सर अनुसन्धानकर्ता तथा नीति निर्माण कार्यमा संलग्न सम्पूर्णानन्द ढुंगाना, वाटर एड प्रोजेक्टका वरिष्ठ अनुन्सन्धानकर्ता ओमप्रकाश गौतम, अनुसन्धानविदहरु जीव आचार्य र आलन मर्सेल सान्का एवं वरिष्ठ आंखा रोग चिकित्सक तथा जनस्वास्थ्यबिज्ञ लिलाराज पुरीलाई चयन गरिएको छ ।
साथै, कार्यकारी समितिका सदस्यहरुमा लन्डन स्कुल अफ इकोनोमिक्सका अनुसन्धानकर्ता राजेन्द्र कंडेल, खाद्य विशेषज्ञ रविन सापकोटा, स्ट्रोक नर्स बिज्ञ लक्ष्मी भण्डारी, विश्व स्वास्थ्य संगठनमा कार्यरत जनस्वास्थ्य बिज्ञ प्रतीक्षा आचार्य, अनुसन्धानकर्ताहरु रामजी तिवारी, प्रेम भट्ट, भरत कुमार श्रेष्ठ र देवी खड्का चुनिएका छन् ।
उक्त कार्य समितिले बेलायतमा विभिन्न पेसामा संलग्न भइ जनस्वास्थ्यको क्षेत्रमा विशेष योगदान पुरयाउने सम्पूर्ण व्यक्ति तथा संघसंस्थासंग समन्वय गरि बेलायतको नेपाली समाज र नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने लक्ष्य राखेको छ । भेलाले उक्त कार्य समितिलाई संगठन निर्माण, संगठनको ढांचा तयार र आगामी कार्यक्रम तयार पार्ने जिमेवारी प्रदान गरेको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने