नयाँ दिल्ली (भारत), ११ वैशाख । भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ ।
‘भारतीय अर्ध सैनिक बलसेन्ट्रल रिजर्ब सेकुरिटी फोर्स’ का कम्तीमा २४ जना अधिकारीको मृत्यु भएको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई बताउनुभयो । घटनामा परी सात सुरक्षकर्मी घाइते भएका छन् ।
यस पहिले सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११ जवानले धराप विस्फोटमा साहदत प्राप्त गरेका र सात जना घाइते भएका बताइएको थियो । छत्तिसगढ राज्यको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई बताउनुभयो ।
उहाँका अनुसार बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको अर्ध सैन्य समूहलाई लक्षित गरी विस्फोट गराइएको थियो । उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो ।
घटनामा घाइते सबैलाई हेलिकोप्टरबाट उपचारका लागि नजिकैको अस्पतालमा पुरयाइएको थियो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन