लण्डन । सबैभन्दा पाको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न लागेका ८६ वर्षीय मिनबहादुर शेरचनलाई सहयोग गर्न यहाँ एक च्यारिटी गरिएको छ ।
एनआरएनए युके, मगर संघ युके, थकाली वेलफेयर सोसाइटी युके र म्याग्दी प्रवासी संघ युकेको संयुक्त आयोजनामा आइतबार सो कार्यक्रम अल्डरसटमा भएको थियो।
शेरचनलाई सहयोग गर्न युकेमा गठित समितिका समितिका संयोजक तेज राम्जाली मगरको अध्यक्षता र सचिव टंक शेरचनको सन्चालनमा भएको सो कार्यक्रमको प्रमुख अतिथि एनआरएन युकेका संरक्षक सूर्य गुरूङ रहेका थिए।
ज्ञान शेरचनले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा प्रमुख अतिथि गुरूङ, स्थानीय काउन्सिलर अलेक्स क्रेफोर्ड, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरूङ, मगर संघ युकेका अध्यक्ष नेम थापा, मोना युकेका अध्यक्ष कमल पुर्जा, थकाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष मेजर खिम गौचन, गोरखाली समाज युकेका अध्यक्ष जयप्रकाश गुरूङ, राप्ती समाजका तर्फबाट हरि बूढामगर, सिर्जनशील समाजका अध्यक्ष धन सार्की, पुन समाज यूकेका अर्जुन पुन, एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामी लगायतले शेरचनलाई शुभकामना दिएका थिए ।
आरोहणका निर्देशक क्या रिटायर्ड जित घर्तीले नेपालमा शेरचनको आरोहण अभियानका बारेमा जानकारी दिएका थिए ।
शेरचन आरोहणका लागि सगरमाथा आरोहणका लागि आधार शिविर पुगिसकेका छन् ।
शेरचनको आरोहणको कुल बजेट १ करोड १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान