लण्डन । सबैभन्दा पाको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न लागेका ८६ वर्षीय मिनबहादुर शेरचनलाई सहयोग गर्न यहाँ एक च्यारिटी गरिएको छ ।
एनआरएनए युके, मगर संघ युके, थकाली वेलफेयर सोसाइटी युके र म्याग्दी प्रवासी संघ युकेको संयुक्त आयोजनामा आइतबार सो कार्यक्रम अल्डरसटमा भएको थियो।
शेरचनलाई सहयोग गर्न युकेमा गठित समितिका समितिका संयोजक तेज राम्जाली मगरको अध्यक्षता र सचिव टंक शेरचनको सन्चालनमा भएको सो कार्यक्रमको प्रमुख अतिथि एनआरएन युकेका संरक्षक सूर्य गुरूङ रहेका थिए।
ज्ञान शेरचनले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा प्रमुख अतिथि गुरूङ, स्थानीय काउन्सिलर अलेक्स क्रेफोर्ड, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरूङ, मगर संघ युकेका अध्यक्ष नेम थापा, मोना युकेका अध्यक्ष कमल पुर्जा, थकाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष मेजर खिम गौचन, गोरखाली समाज युकेका अध्यक्ष जयप्रकाश गुरूङ, राप्ती समाजका तर्फबाट हरि बूढामगर, सिर्जनशील समाजका अध्यक्ष धन सार्की, पुन समाज यूकेका अर्जुन पुन, एनआरएनए यूके उपाध्यक्ष योगकुमार फगामी लगायतले शेरचनलाई शुभकामना दिएका थिए ।
आरोहणका निर्देशक क्या रिटायर्ड जित घर्तीले नेपालमा शेरचनको आरोहण अभियानका बारेमा जानकारी दिएका थिए ।
शेरचन आरोहणका लागि सगरमाथा आरोहणका लागि आधार शिविर पुगिसकेका छन् ।
शेरचनको आरोहणको कुल बजेट १ करोड १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न