लण्डन ।आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको आयोजनामा पत्रकारितासम्बन्धी एक अन्तर्क्रिया सम्पन्न भएको छ ।
आशफोर्डस्थित गोरखा भिल्ला रेष्टुरेन्टमा शनिबार भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङगी मगरले मिडियामैत्री कसरी हुने बारेमा प्रस्तुति दिएका थिए । यस्तै स्थानीय केन्टिस एक्सप्रेस पत्रिकाका ऐडन बर्लोले स्थानीय अखबारले नेपाली समुदायको कस्तो गतिविधिलाई समेट्छ भन्ने बारे बताएका थिए।
यसैगरी, रेडियो बिजिडब्ल्युएसका म्यानेजिङ डाइरेक्टर मेजर रिटायर्ड सोनाम छिरिङ्ग शेर्पाले आफ्नो अनुभव सुनाएका थिए । फोनिज युकेका अध्यक्ष विश्वासदीप तिगेलाको अध्यक्षता र महासचिव प्रमिला राईको सन्चालनमा भएको कार्यक्रमको उद्घाटन आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्याल र सोनाम छिरिङ्ग शेर्पाले गरेका थिए ।
कार्यक्रममा स्थानीय सगरमाथा नेपाली कम्युनिटीका महासचिव डम्बर सिंघक, आदिवासी जनजाति महासंघ बेलायतका पूर्व अध्यक्ष सिरी लिम्बू, वर्तमान अध्यक्ष तुल छन्त्याल, वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, महासचिव कर्मा पहाडी शेर्पा, एनआरएन युके प्रवक्ता खुशीमान लिम्बू, पत्रकार अमित थेवे र पुष्पा गुरूङलगायतले आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा पत्रकार सुरेन्द्र इङनामलाई महासंघका अध्यक्ष नरेश खपाङगी मगरले इन्टरन्यासनल प्रेस कार्ड हस्तान्तरण गरे । यस्तै पत्रकार थेवेलाई लिम्बू पत्रकार मन्च युके संयोजक चयन गरियो।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान