वासिङ्टन (संयुक्त राज्य अमेरिका), ९ वैशाख । फ्रान्सको राष्ट्रपतीय निर्वाचनलाई हस्तक्षेप गर्न रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानका सहयोगीहरुसहित विदेश नीति तयार पार्न सहयोगी कार्टर पेजको प्रयोग भएको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
अमेरिकी प्रसिद्ध सञ्चारमाध्यम सिएनएनले शनिबार सार्वजनिक गरेको रिपोर्टमा अमेरिकी गुप्तचर संस्था एफविआईको सहायता आएको जानकारीअनुसार ट्रम्पको चुनावी अभियानका सहयोगी तथा रसियाली अधिकारीले फ्रान्सको निर्वाचनलाई प्रभावित पार्ने कोसिस गरेको बताइएको छ ।
अमेरिकी अधिकारीले सिएनएनसँग कार्टर पेज, जसलाई अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सन् २०१६ मा रसियाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध परिचालित गरिएको भन्ने आरोप लागेको थियो, ले आफूलाई फ्रान्सको निर्वाचनलार्य प्रभावित पार्न प्रयोग गरिनसक्ने सम्भावनाप्रति सचेत रहेको जनाएको छ ।
रसियाली एजेन्टले कार्टर पेजलाई आफ्नो वास्तविक परिचय नखुलाइकनै अमेरिकी निर्वाचनका विषयमा जानकारी लिएको हुन सक्ने पनि सम्भावना रहे पनि पेजले भने रसियाली अधिकारीसँग सम्बन्ध राखेको वा उनीहरुसँग मिलेर अघि बढेको भन्ने आरोपको खण्डन गरिरहनुभएको छ ।
गतवर्ष मस्कोस्थित एक विश्वविद्यालयमा दिएको मतव्व्यमा अमेरिकाको रसिया नीतिका सम्बन्धमा आलोचनात्मक विचार व्यक्त गरेपछि अमेरिकी गुप्तचर संस्था एफविआईले पेजमाथि थप निगरानी बढाएको थियो ।
तर पेज ट्रम्पका चुनावी अभियानका कैयौँ सल्लाहकारमध्ये एक भएका र अमेरिकी तथा युरोपेली गुप्तचर निकायले गरेका आशङ्का जस्तै रसियाली अधिकारी र क्रियाशील अन्य व्यक्तिका क्रियाकलापका सम्बन्धमा शङ्का गर्न सकिने ठाउँहरु प्रशस्तै रहेका सिएनएनल बताएको छ ।
एफबिआई अधिकारीका अनुसार पेजले रसियाली भिक्टर पोडोनमाईलाई सन् २०१३ मा भेट गरेको र यसपश्चात् एफबिआईले उहाँमाथि निगरानी बढाइरहेको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन