वासिङ्टन (संयुक्त राज्य अमेरिका), ९ वैशाख । फ्रान्सको राष्ट्रपतीय निर्वाचनलाई हस्तक्षेप गर्न रसियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन अभियानका सहयोगीहरुसहित विदेश नीति तयार पार्न सहयोगी कार्टर पेजको प्रयोग भएको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
अमेरिकी प्रसिद्ध सञ्चारमाध्यम सिएनएनले शनिबार सार्वजनिक गरेको रिपोर्टमा अमेरिकी गुप्तचर संस्था एफविआईको सहायता आएको जानकारीअनुसार ट्रम्पको चुनावी अभियानका सहयोगी तथा रसियाली अधिकारीले फ्रान्सको निर्वाचनलाई प्रभावित पार्ने कोसिस गरेको बताइएको छ ।
अमेरिकी अधिकारीले सिएनएनसँग कार्टर पेज, जसलाई अमेरिकी राष्ट्रपतीय निर्वाचनमा सन् २०१६ मा रसियाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध परिचालित गरिएको भन्ने आरोप लागेको थियो, ले आफूलाई फ्रान्सको निर्वाचनलार्य प्रभावित पार्न प्रयोग गरिनसक्ने सम्भावनाप्रति सचेत रहेको जनाएको छ ।
रसियाली एजेन्टले कार्टर पेजलाई आफ्नो वास्तविक परिचय नखुलाइकनै अमेरिकी निर्वाचनका विषयमा जानकारी लिएको हुन सक्ने पनि सम्भावना रहे पनि पेजले भने रसियाली अधिकारीसँग सम्बन्ध राखेको वा उनीहरुसँग मिलेर अघि बढेको भन्ने आरोपको खण्डन गरिरहनुभएको छ ।
गतवर्ष मस्कोस्थित एक विश्वविद्यालयमा दिएको मतव्व्यमा अमेरिकाको रसिया नीतिका सम्बन्धमा आलोचनात्मक विचार व्यक्त गरेपछि अमेरिकी गुप्तचर संस्था एफविआईले पेजमाथि थप निगरानी बढाएको थियो ।
तर पेज ट्रम्पका चुनावी अभियानका कैयौँ सल्लाहकारमध्ये एक भएका र अमेरिकी तथा युरोपेली गुप्तचर निकायले गरेका आशङ्का जस्तै रसियाली अधिकारी र क्रियाशील अन्य व्यक्तिका क्रियाकलापका सम्बन्धमा शङ्का गर्न सकिने ठाउँहरु प्रशस्तै रहेका सिएनएनल बताएको छ ।
एफबिआई अधिकारीका अनुसार पेजले रसियाली भिक्टर पोडोनमाईलाई सन् २०१३ मा भेट गरेको र यसपश्चात् एफबिआईले उहाँमाथि निगरानी बढाइरहेको छ ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने