पेरिस, १० बैशाख । फ्रान्सको नयाँ राष्ट्रपति चयनका लागि आइतबार पहिलो चरणको मतदान कार्य सुरु भएको छ ।
अहिले प्रतिश्पर्धामा रहेका ११ जना उम्मेदबारहरु मध्ये बढी मत ल्याउने २ जनाका बीचमा दोस्रो चरणको प्रतिश्पर्धा हुने छ । कसैले पनि स्पष्ट बहुमत ल्याउने नदेखिएकाले दोस्रो चरणको मतदान मे ७ तारिखका दिन गर्ने यसअघि नै तय भईसकेको छ ।
विभिन्न सर्वेक्षणहरुले न्याश्नल फ्रन्टकी नेतृ मारिने ले पेन र अर्का उम्मेदबार इमानुएल माक्रोनकाबीच प्रप्रतिस्पर्धा हुने देखाएका छन् ।
स्थानीय समय अनुसार विहान ८ बजे देखि बेलुका ८ बजे सम्म मतदानका लागि समय निर्धारण गरिएको छ । झण्डै ४ करोड ७० लाख नागरिकले मतदान गर्ने जनाइएको छ ।
निर्वाचनका लागि सवैतिर सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुले बताएका छन् । मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७ हजार सैनिक परिचालन गरिएको जनाइएको छ ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च