काबुल, ९ वैशाख । तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।
विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा शुक्रबारको साप्ताहिक प्रार्थना सकेर फर्किरहेका सैनिकहरु र चमेना गृहमा नास्ता गरिरहेका अन्य सैनिकहरुलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
एक जना उच्च सैन्य अधिकारीले आक्रमणमा परी १५० जना सैनिकको मृत्यु भएको र अरु दर्जनौ घाईते भएको एएफपीलाई बताउनु भयो ।
तालेबानीहरुले आफ्ना आक्रमणकारीले विस्फोन गराएको र आत्मघाति हमलाकारीले उक्त सैन्य शिविरको सुरक्षा घेरा तोडेको बताएका छन् ।
मजार ए शरिफमा रहेको सैन्य अखडा अफगान राष्ट्रिय सेनाको २०९ औँ पल्टन बस्ने गरेको छ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा समर्थन प्राप्त सरकारले तालीबान र अरु विद्रोही समूहसँग लामो सयमदेखि लडाइँ गरिरहेको छ ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने