
भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेपछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा स्वागत गर्दै भारतीय महिला तथा बालबालिका विकास मामिला राज्यमन्त्री कृष्णाराज, भारतीय विदेश मन्त्रालयका शिष्टाचार माहापाल सञ्जय बर्मा, नेपालका लागि भारतीय राजदूत मन्जीत सिंह पुरी तथा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय लगायत । तस्बिरः भरत के.सी.रासस, (नयाँदिल्ली)
नयाँदिल्ली (भारत), ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको शान्ति, स्थिरता र विकासलाई अगाडि बढाउन विदेशमा रहेका प्रवासी नेपालीको योगदान आवश्यक रहेको बताउनुभएको छ ।
आफ्नो सम्मानमा आज यहाँ भारतस्थित नेपाली राजदूतावासले आयोजना गरेको समारोहमा उहाँले भन्नुभयो – ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरेर देशको उन्नतिका लागि अगाडि बढ्नु आजको पहिलो आवश्यकता हो ।’
मित्र राष्ट्र भारतको राजकीय भ्रमणमा आज भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएका राष्ट्रपति भण्डारीले शान्ति, स्थिरता र विकासका लागि संविधान कार्यान्वयन आवश्यक भएकाले नेपाल सरकार यस कार्यमा लागिपरेको बताउनुभयो ।
उहाँले शान्ति र स्थायित्व विना मुलुकको आर्थिक विकास हुन नसक्ने भएकाले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीले यसतर्फ सोच्नुपर्ने बताउँदै नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण, बुद्धको जन्मस्थल संसारका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी, हिन्दूको महान् तीर्थस्थल पशुपतिनाथलगायतका प्रसिद्ध धार्मिक एव्म ऐतिहासिक क्षेत्रको विकासका लागि सबै नेपाली गम्भीर भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले संविधानले व्यवस्था गरेअनुरुप स्थानीय तहमा महिलाको प्रतिनिधित्व बढ्नुका साथै अन्य विपन्न तथा पिछडिएका समुदायको समेत अधिकार र प्रतिनिधित्वको सुनिश्चितता हुने बताउनुभयो ।
सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान कार्यान्वयन र विकास एव्म समृद्धि आमजनतामा पुरयाउनेतर्फ सबै लाग्नु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलगायतले राष्ट्रपति भण्डारीको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भारतमा विभिन्न पेशा तथा व्यवसाय गरी बस्ने प्रवासी नेपालीले राष्ट्रपति भण्डारीलाई सम्मान गरेका थिए ।
यस्तै राष्ट्रपति भण्डारीको सम्मानमा आजै नेपाली राजदूतावासले यहाँस्थित होटल ताजमा रात्रिभोजको आयोजना गरेको थियो । सो अवसरमा राजदूत उपाध्यायले राष्ट्रपतिलाई स्वागत गर्नुभयो ।
सो अवसरमा भारतस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखले राष्ट्रपतिसँग भेटघाट गरेका थिए । भोजमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवलगायत राष्ट्रपति भण्डारीको भ्रमण दलका सदस्यको सहभागिता थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल