लन्डन । बेलायतको दक्षिण पूर्वी एक सानो शहर प्लमस्टिडस्थित खस समाज बेलायतले नेपाली पर्व उभौली तथा नयां वर्षको उपलक्ष्यमा एक कार्यक्रम गरेको छ । संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा राजदूतले १७ सयभन्दा बढि गीत रेकर्ड गराइसकेकी चर्चित गायिका श्रीमती मिरा राणालाई बेलायतवासी नेपालीको तर्फबाट सम्मानपत्र र दोसल्ला ओढाएर नागराज सम्मान २०१७ द्वारा सम्मान गरे ।
उक्त अवसरमा राजदूत सुबेदीले मिरा राणाजस्तो लोकप्रिय कलाकारलाई बेलायतवासी नेपालीका तर्फबाट सम्मान गर्न पाएकामा खुशी व्यक्त गरे । खस समाज यूकेले प्रत्यक वर्ष सामाजिक ख्यातिप्राप्त व्यक्ति, कलाकार एवं साहित्यकारहरुलाई नागराज सम्मानद्वारा सम्मान गर्दै आएको छ ।
सोही अवसरमा खस पुनर्जागरणका अभियन्ता, साहित्यकार तथा लेखक कृष्णबहादुर थापाद्वारा अंग्रेजीमा लेखिएको पुस्तक ‘The Poor, The Hopeless and The Ignorant Khas of Chaudabisa Dara’ अर्थात गरिवी, आशा मारेका र वेवास्ता गरिएका चौदबिसा दराका खसहरु नामक पुस्तकको प्रमुख अतिथि राजदूत सुबेदी र विशिष्ट अतिथि गायिका राणाले संयुक्तरुपमा विमोचन गरे ।
नेपालको सबै भन्दा प्राचिन जाती मतवाली खस भएपनि जनगणनामा उल्लेख नै नगरी अन्याय गरिएको जातिका बारेमा आफूले सात वर्ष लगाएर पुस्तक तयार पारेको लेखकले बताए ।
समाजका अध्यक्ष इन्द्रबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा खस समाजका उपाध्यक्ष सन्तोष कार्कीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक टेकबहादुर थापा, सहसंयोजक राजेन्द्र खस, अन्तर्राष्ट्रिय कलाकार समाजका सचिव तथा कलाकार मनिष श्रेष्ठ र रेडियोकर्मी प्रमोदराज न्यौपाने, इनास यूके च्याप्टरकी अध्यक्ष रजनी सुनुवार, उपाध्यक्ष सुशील प्रजापति, महासचिव संजयभक्त कंडेल, कोषाध्यक्ष दिपक थापा, सदस्य अभि श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रम समाजका महासचिव विकेश राज बस्नेत, कोषाध्यक्ष मन्जु भट्ट, चन्दा बस्नेतको सक्रियतामा सम्पन्न भएको समाजले जनाएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’