लन्डन । बेलायतको दक्षिण पूर्वी एक सानो शहर प्लमस्टिडस्थित खस समाज बेलायतले नेपाली पर्व उभौली तथा नयां वर्षको उपलक्ष्यमा एक कार्यक्रम गरेको छ । संयुक्त अधिराज्य (यूके) का लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा राजदूतले १७ सयभन्दा बढि गीत रेकर्ड गराइसकेकी चर्चित गायिका श्रीमती मिरा राणालाई बेलायतवासी नेपालीको तर्फबाट सम्मानपत्र र दोसल्ला ओढाएर नागराज सम्मान २०१७ द्वारा सम्मान गरे ।
उक्त अवसरमा राजदूत सुबेदीले मिरा राणाजस्तो लोकप्रिय कलाकारलाई बेलायतवासी नेपालीका तर्फबाट सम्मान गर्न पाएकामा खुशी व्यक्त गरे । खस समाज यूकेले प्रत्यक वर्ष सामाजिक ख्यातिप्राप्त व्यक्ति, कलाकार एवं साहित्यकारहरुलाई नागराज सम्मानद्वारा सम्मान गर्दै आएको छ ।
सोही अवसरमा खस पुनर्जागरणका अभियन्ता, साहित्यकार तथा लेखक कृष्णबहादुर थापाद्वारा अंग्रेजीमा लेखिएको पुस्तक ‘The Poor, The Hopeless and The Ignorant Khas of Chaudabisa Dara’ अर्थात गरिवी, आशा मारेका र वेवास्ता गरिएका चौदबिसा दराका खसहरु नामक पुस्तकको प्रमुख अतिथि राजदूत सुबेदी र विशिष्ट अतिथि गायिका राणाले संयुक्तरुपमा विमोचन गरे ।
नेपालको सबै भन्दा प्राचिन जाती मतवाली खस भएपनि जनगणनामा उल्लेख नै नगरी अन्याय गरिएको जातिका बारेमा आफूले सात वर्ष लगाएर पुस्तक तयार पारेको लेखकले बताए ।
समाजका अध्यक्ष इन्द्रबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा खस समाजका उपाध्यक्ष सन्तोष कार्कीले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा खस अन्तर्राष्ट्रिय समन्वय समाजका संयोजक टेकबहादुर थापा, सहसंयोजक राजेन्द्र खस, अन्तर्राष्ट्रिय कलाकार समाजका सचिव तथा कलाकार मनिष श्रेष्ठ र रेडियोकर्मी प्रमोदराज न्यौपाने, इनास यूके च्याप्टरकी अध्यक्ष रजनी सुनुवार, उपाध्यक्ष सुशील प्रजापति, महासचिव संजयभक्त कंडेल, कोषाध्यक्ष दिपक थापा, सदस्य अभि श्रेष्ठ लगायतको उपस्थिति थियो । कार्यक्रम समाजका महासचिव विकेश राज बस्नेत, कोषाध्यक्ष मन्जु भट्ट, चन्दा बस्नेतको सक्रियतामा सम्पन्न भएको समाजले जनाएको छ ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना