लन्डन । मगर संघ यूकेको साधारणसभा सम्पन्न भएको छ । फार्नब्रोस्थित कोभ चर्चमा भएको सो साधारणसभा अध्यक्ष नेम थापाको अध्यक्षतामा भएको थियो । साधारणसभाको उद्घाटन अध्यक्ष थापा र नेपाल मगर महिला संघकी पूर्व केन्द्रीय उपाध्यक्ष खुमकुमारी थापाले गरेका थिए । सभाको सञ्चालन महासचिव लालबहादुर पुनले गर्नुभएको थियो ।
स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष योगकुमार फगामीले गर्नुभएको थियो । साधारणसभामा महासचिव पुनले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नेत्र आलेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
यसैगरी, निवर्तमान अध्यक्ष दुत पुनले पीएचडी ट्रष्ट, रिटायर्ड लेफ्टिनेण्ट सुनिल रानाले विधान संशोधन प्रस्ताव, जगत थापाले हाउजिङ समितिको प्रतिवेदन पेश गरेका थिए । मगर महिला संघकी अध्यक्ष छविमाया पुन, मगर युथ संघका दीप राना र अनिल थापा, वेम्ली ब्राञ्चका अध्यक्ष कृष्णराज राना, रेडिङ ब्राञ्चका अध्यक्ष टिकाजी राना, प्लमस्टिड ब्राञ्चका अध्यक्ष केशबहादुर आले र पूर्व अध्यक्ष विसनसिंह थापा, युएचएसबी ब्राञ्चका अध्यक्ष लेख रानाले आफ्ना प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिवेदन पेश गर्नेहरुमा स्वीण्डन ब्राञ्चका उपाध्यक्ष कुमार राना, केन्ट ब्राञ्चका सचिव ईश्वर आले, वेष्ट लण्डन ब्राञ्चको प्रतिवेदन उपाध्यक्ष बम सूर्यवंशीले पेश गर्नुभएको थियो । यस्तै, वेल्स शाखाका अध्यक्ष चित्र राना, क्याट्रिक शाखाका अध्यक्ष भक्त थापा, लण्डन ब्राञ्चका अध्यक्ष मनबहादुर पुनले पठाउनुभएको प्रतिवेदन पनि वाचन गरिएको थियो ।
यसअघि नेपालबाट आउनुभएकी सभासद केशरी घर्तीलाई मगर संघ यूकेले मगर भवनमा स्वागत गरयो । अध्यक्ष नेम थापाले घर्तीलाई मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा घर्तीले यूके आउनुको उद्देश्य लगायत समसामयिक विषयमा बोलेकी थिइन् ।
यसैगरी मगर महिला संघ यूकेको वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । मगर भवन फार्नब्रोमा भएको सो सभाको उद्घाटन मगर संघ यूकेका अध्यक्ष नेम थापाले गरेका थिए । अध्यक्ष छविमाया पुनको अध्यक्षता र महासचिव सरला रानाको सन्चालनमा भएको सो साधारणसभामा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपाङगीमगर, मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना, युएचएसबी ब्रान्चका अध्यक्ष लेख राना, प्लमस्टिड ब्रान्चका पूर्व अध्यक्ष विसनसिं थापा, मगर बुद्धिष्ट कम्युनिटीका अध्यक्ष कृष्ण दर्लामी, नेपाल मगर महिला संघकी पूर्व उपाध्यक्ष खुमकुमारी थापा, देवी आले, गोमा राना, हिमाली राना, पदम थापा, विष्णु श्रीस लगायतले बोलेका थिए ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा