लन्डन । नेपलिज एसोसिएसन इन द यूके हिमालयन यतीले धादिङमा भूकम्पले क्षतिग्रस्त एक विद्यालय पुनर्निर्माणमा आर्थिक सहयोग गरेको छ ।
हिमालयन यती अध्यक्ष पुष्प श्रेष्ठसहितको एक टोलीले धादिङस्थित कन्काली मेलमिलाप प्रावि रामकोट गाउंको उक्त विद्यालय पुनर्निर्माण अवलोकन गरेको छ । अध्यक्ष श्रेष्ठले यही अगष्ट २०१७ अगाडि विद्यालय निर्माण गरिसक्ने लक्ष्य राखिएको जनाउंदै संस्थाले बेलायतबाट केही स्वयंसेवक लैजाने तयारी समेत गरेको जनाए ।
करिब ५५ लाख रुपैयां बढि लागतमा निर्माणाधिन उक्त विद्यालय बनाउन लायन्स क्लव अफ पोखरा लेक सिटी, लायन्स क्लव अफ धादिङ निलकण्ठ र रामकोट गाविसले पनि लजिस्टिक सपोर्ट गरेका छन् ।
यसैबीच, हिमालयन यतीले आगामी १५ अप्रिल शनिबार म्यानचेष्टरस्थित ब्रिटानिया कन्ट्री हाउस होटलमा संस्थाको २५ औं वार्षिक साधारणसभा र त्यसको भोलिपल्ट नेपाली नयां वर्ष २०७४ कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने