स्टकहोम, २६ चैत । स्टकहोममा शुक्रबार ट्रक आक्रमण गरी चार व्यक्तिको हत्या गर्ने चालक ३९ वर्षीय उज्वेक मूल वासिन्दा भएको शनिबार पहिचान गरिएको छ र यी व्यक्ति पहिलेदेखि नै निरीक्षण घेरामा रहेको अधिकारीहरूले बताएका छन् ।
यसबीच स्विडेनका प्रधानमन्त्री स्टफान लफेनले नागरिकलाई यो पीडा सहन गर्न आग्रह गर्नुभएको छ भने स्थानीय वासिन्दासँग वार्ता गर्न उहाँ सडकमा निस्कनुभएको छ ।
स्विडेनको झण्डा शनिबार आधा झुकाइएको छ । घटनामा चार जनाको मृत्यु र १५ व्यक्ति घाइते भएका थिए । शुक्रबार अपरान्ह आक्रमणकारीले एक ट्रक अपहरण गरी बजारबीच भीडमा जोत्न पुगेका थिए । प्रधानमन्त्री लफेनले सोमबार एक मिनेटको मौनधारणका साथमा राष्ट्रिय शोक दिवस घोषणा गर्नुभएको छ ।
स्विडेनका प्रहरी प्रमुख डान एलियासनले शनिबार एक पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीलाई पक्राउ गरेको विश्वास व्यक्त गर्नुभएको छ ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन