
नेपाल र भारतको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत अन्य दुई पक्षीय सन्धि सम्झौताको पुनरवलोकन गरी सुझाव पेस गर्न गठित विज्ञहरु सम्मिलित प्रबुद्ध समूहको बैठकका सहभागी । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २४ चैत । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) को आज यहाँ सम्पन्न तेस्रो बैठकमा दुवै मुलुकले सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई संशोधन, पुनरावलोकन वा पुनःलेखन के गर्ने भन्ने बारेमा मतैक्यता कायम गर्न सहमति जनाएको छ ।
बैठकपछि आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली समूहका संयोजक पूर्वपराराष्ट्रमन्त्री भेषबहादुर थापाले द्विपक्षीय सम्बन्धका सबै पक्षका साथै उक्त सन्धिका सबै धारामा गहन छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सौहार्दपूर्ण वातावरणमा सम्पन्न बैठकमा हामीले सबै पक्षलाई समेटेर सबै कुरा भन्यौँ, भारतीय पक्षले ध्यानपूर्वक हाम्रा प्रस्तुति सुनेको छ ।” बैठक सकारात्मक रुपमा अघि बढेको र निर्धारित दुई वर्षभित्रै निष्कर्षमा पुगिने विश्वास संयोजक थापाले व्यक्त गर्नुभयो ।
समूहको चौथो बैठक आगामी मे २९ देखि ३१ सम्म देहरादुनमा आयोजना गर्ने सहमति भएको छ । सीमा क्षेत्रमा गएर बैठक गर्ने सन्दर्भमा पनि दुवै पक्षबीच छलफल भएको संयोजक थापाले बताउनुभयो ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न