बेइजिङ, २४ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी जिन पिङबीच हुन लागेको भेटवार्ता मुख्यतः पाँचओटा बुँदामा केन्द्रित हुने भएको छ ।
विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताहरुका बीचमा पहिलो पटक हुन लागेको भेटबार्तालाई सर्वाधिक महत्वका साथ हेरिएको छ ।
उहाँहरुका बीचमा यसै हप्ता अमेरिकाको फ्लोरिडास्थित ट्रम्पको सुविधासम्पन्न रिसोर्टमा भेटबार्ता गर्ने तय भएको छ ।
उनीहरुले तय गरेको पहिलो एजेन्डा ‘उत्तर कोरिया’ रहेको छ । उहाँहरुका बीचमा भेटबार्ता हुने तयारी भइरहेका बेला गत बुधबार मात्रै पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले यसरी बेला बेलामा क्षेप्यास्त्र परीक्षण गर्नु अमेरिका र चीन दुवैका लागि ठूलो सुरक्षा चुनौती भएको छ । उत्तर कोरियाको रासायनिक हतियार दुवै देशले विश्वकै लागि टाउको दुखाइको विषय भएको ठान्ने गरेका छन् ।
‘व्यापार’ उहाँहरुको दोस्रो प्राथमिकताको विषय हो । राष्ट्रपति निर्वाचनका बेला ट्रम्पले चीनसँगको अपारदर्शी व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउने दाबी गर्नुभएको थियो । लगानी र व्यापार आदान-प्रदानमा दुवै देशले जोड दिने भएका छन् ।
चीन र अमेरिकाका लागि ‘ताइवान’ पनि अर्को महत्वपूर्ण चासोको विषय बन्दै आएको छ । चीन र ताइवानको सम्बन्धलाई लिएर ट्रम्पले सीसँग छलफल गर्नुहुने भएको छ । चीन र ताइवानको सम्बन्ध बेला बेलामा नराम्रोसँग चिसिने गरेको छ ।
चीन र अमेरिकाको मत बाझिदै आएको अर्को विषय हो ‘दक्षिणी चिनियाँ समुद्र’ । दक्षिणी चिनियाँ समुद्रलाई चीनले आफ्नो दाबी गर्दै आउने गरेको छ भने अमेरिकाले त्यसको खरो आलोचना गर्ने गरेको छ । यो फरक मतका विषयमा पनि उहाँहरुका बीचमा यस पटक छलफल हुने एजेन्डामा राखिएको छ ।
चीन र अमेरिकाका बीचमा छलफल हुने पाँचौँ विषयका रुपमा ‘मानवअधिकार’ लाई राखिएको छ । चीन र अमेरिकाको लामो समयदेखिको दुईपक्षीय द्वन्द्व हुने विषय मानवअधिकार पनि हो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च