बेइजिङ, २४ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका चिनियाँ समकक्षी सी जिन पिङबीच हुन लागेको भेटवार्ता मुख्यतः पाँचओटा बुँदामा केन्द्रित हुने भएको छ ।
विश्वका शक्तिशाली दुई देशका शीर्ष नेताहरुका बीचमा पहिलो पटक हुन लागेको भेटबार्तालाई सर्वाधिक महत्वका साथ हेरिएको छ ।
उहाँहरुका बीचमा यसै हप्ता अमेरिकाको फ्लोरिडास्थित ट्रम्पको सुविधासम्पन्न रिसोर्टमा भेटबार्ता गर्ने तय भएको छ ।
उनीहरुले तय गरेको पहिलो एजेन्डा ‘उत्तर कोरिया’ रहेको छ । उहाँहरुका बीचमा भेटबार्ता हुने तयारी भइरहेका बेला गत बुधबार मात्रै पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले यसरी बेला बेलामा क्षेप्यास्त्र परीक्षण गर्नु अमेरिका र चीन दुवैका लागि ठूलो सुरक्षा चुनौती भएको छ । उत्तर कोरियाको रासायनिक हतियार दुवै देशले विश्वकै लागि टाउको दुखाइको विषय भएको ठान्ने गरेका छन् ।
‘व्यापार’ उहाँहरुको दोस्रो प्राथमिकताको विषय हो । राष्ट्रपति निर्वाचनका बेला ट्रम्पले चीनसँगको अपारदर्शी व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउने दाबी गर्नुभएको थियो । लगानी र व्यापार आदान-प्रदानमा दुवै देशले जोड दिने भएका छन् ।
चीन र अमेरिकाका लागि ‘ताइवान’ पनि अर्को महत्वपूर्ण चासोको विषय बन्दै आएको छ । चीन र ताइवानको सम्बन्धलाई लिएर ट्रम्पले सीसँग छलफल गर्नुहुने भएको छ । चीन र ताइवानको सम्बन्ध बेला बेलामा नराम्रोसँग चिसिने गरेको छ ।
चीन र अमेरिकाको मत बाझिदै आएको अर्को विषय हो ‘दक्षिणी चिनियाँ समुद्र’ । दक्षिणी चिनियाँ समुद्रलाई चीनले आफ्नो दाबी गर्दै आउने गरेको छ भने अमेरिकाले त्यसको खरो आलोचना गर्ने गरेको छ । यो फरक मतका विषयमा पनि उहाँहरुका बीचमा यस पटक छलफल हुने एजेन्डामा राखिएको छ ।
चीन र अमेरिकाका बीचमा छलफल हुने पाँचौँ विषयका रुपमा ‘मानवअधिकार’ लाई राखिएको छ । चीन र अमेरिकाको लामो समयदेखिको दुईपक्षीय द्वन्द्व हुने विषय मानवअधिकार पनि हो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन