मस्को, २४ चैत । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अर्को हप्ता रुसको पहिलो पटक भ्रमण गर्नुहुने भएको छ ।
रुसको विदेश मन्त्रालयले अमेरिका र रुसको पछिल्लो सम्बन्ध र थप सहकार्यका बारेमा छलफल गर्न विदेशमन्त्री टिलरसन रुस आउन लागेको जानकारी दिएको छ ।
मन्त्रालयले यही अप्रिल ११ र १२ तारिखका दिन उहाँले भ्रमण गर्नुहुने जनाएको छ ।
भ्रमणका क्रममा टिलरसनले रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग अन्तर्राष्ट्रिय सुरक्षा, स्लामिक स्टेट (आइएस) विरुद्धको लडाइँ र सिरिया र युक्रेनमा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्नुहुने भएको छ ।
“हामी अमेरिकाको नयाँ नेतृत्वसँगको सम्बन्धलाई सकारात्मक बनाउन चहान्छौँ, यस भ्रमणले दुई देशको अवस्थामा सुधार आउने विश्वास गरिएको छ, हामी वास्तविक व्यवहारमा आधारित रहन्छौँ भन्ने हामीलाई लागेको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।
सरकारी अन्य निकायले पनि भ्रमणको पुष्टि गर्दै युक्रेन, सिरिया, उत्तर कोरिया र दुई पक्षीय सम्बन्धका बारेमा छलफल हुने जनाएका छन् ।
कतिपय संवेदनशील विषयमा दुई देशका बीचमा विवाद र मतान्तर भइरहेका बेला टिलरसनको पहिलो भ्रमण हुन लागेको हो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन