लन्डन । नेपालको व्यवस्थापिका संसदका सभासदहरु यतिखेर भूपू गोर्खाका समस्या सुन्न र उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउन बेलायत आइपुगेका छन् ।
भ्रमणमा सर्वदलीय संसदीय समितिका पांच जना सांसदहरु दिलमान पाख्रिन, केशरी घर्तीमगर, अइन्द्र सुन्दर नेम्वाङ, यज्ञराज सुनुवार र जयन्ती राई छन् ।
गत २९ मार्चका दिन बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाहरुबीच रक्षा मन्त्रालय (एमओडी) मा पहिलो चरणको त्रिपक्षीय वार्तापछि प्राविधिक समिति गठनमा लागिरहेका भूपू गोर्खाहरुको निमन्त्रणामा सभासदको टोली बेलायत आएको हो ।
माननीयहरुलाई बुधबार गेसो कार्यालय अल्डरसट र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको केन्द्रिय बैठक लन्डनमा स्वागत तथा सम्मान गरिएको छ ।
गेसो अध्यक्ष कृष्णकुमार राईका अनुसार, कार्यक्रममा सभासदहरुले भूपू गोर्खा मुद्दाबारे गहन छलफल गर्दै आन्दोलनमा एक साथ रहेको बताएका थिए । भूपू गोर्खामाथि भएको भेदभाव र असमान व्यवहारप्रति नेपाल सरकार गम्भीर रहेको जनाउंदै उनीहरुले अहिले गेसो र सत्याग्रह समितिबीच भएको कार्यगत एकताले संसारमा सकारात्मक सन्देश गएको र यो सम्वन्ध अटुट रहोस् भन्ने शुभकामना समेत दिएका थिए ।
भूपू गोर्खाहरुबीचको एकताले निर्णायक आन्दोलनसहित प्रतिफल ल्याउनेमा सभासदहरुले विश्वास व्यक्त गरेको गेसो अध्यक्ष राईले जानकारी दिए ।
यसअघि ५ जना सभासदहरु लन्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा भएको गोर्खा सत्याग्रह केन्द्रिय बैठकमा पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए । ति सभासदहरुको गोर्खासंग प्रत्यक्ष अप्रत्यक्ष पारिवारिक सम्वन्ध छ । सत्याग्रह समितिले सभासदहरुलाई स्वागत तथा सम्मान गर्दै आन्दोलनको विकसित घटनाक्रमबारे अवगत गराएको थियो ।
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न