काठमाडौं। नेपाल र अफ्रिकी मुलुक युगान्डा ‘आइसिसी डिभिजन टु’ मा प्रवेश गरेका छन्। मलेसियामा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्दै जनवरीमा नामिवियामा हुने डिभिजन टु प्रतियोगितामा आफ्नो स्थान सुरक्षित रहेका हुन्। चार चार खेल जितेर समान ८ अंक प्राप्त भएपनि नेट रन रेटले युगान्डालाई उछिन्दै नेपाल पहिलो हुँदै फाइनलमा प्रवेश गरेको हो। फाइनल खेल बिहीबार हुनेछ। बुधबार भएको खेलमा नेपालले डकवर्थ लुइस’ नियमअनुसार मलेसियालाई ३६ रनले पराजित गरेको छ । 
युगाण्डाले बुधबार भएको खेलमा बर्मुडालाई १ सय ५१ बल बाँकी छदै सात विकेटले पराजित गह्यो। १ सय ४३ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित लक्ष्य पुरा गरेको थियो। १ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले २५ ओभरमा २ विकेट गुमाउँदै ८९ रन बनाएपछि क्वालालपुरमा बाँकी खेल हुन नसकेपछि नेपाल विजयी घोषित गरिएको हो। बुधबार भएको खेलमा डकवर्थ लुइस निमयअनुसार अमेरिका ३२ रनले पराजित भए अमेरिका रेलिगेसनमा परेको छ।
ज्ञानेन्द्र मल्ल ३५ रन बनाएर आउट भएका छन् । नरेश बुढाऐर ४२ र कप्तान पारस खड्का १ रनमा खेली रहेको समयमा पानी परेपछि खेल रोकिएको छ । तीन रन बनाएर सुवास खकुरेल आउट भएका थिए।
यसअघि नेपाली बलरहरुले उत्कृष्ट खेल प्रदर्शन गरेपछि आयोजक मलेसियालाई १ सय ४२ रनमा समेटिएको थियो। क्वालालम्पुरस्थिबत सिलाङ्गोर टर्फ क्लबमा भएको खेलमा ४३ ओभर ३ बलमा अल आउट भएको थियो। टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका कप्तान पारस खड्काले नेपाली बलिङ आक्रमणको नेतृत्व गरेका थिए। ९ ओभरमा बलिङ गर्दै खड्काले २० रन दिएर ४ विकेट लिए। भुवन कार्कीले ३ शक्ति गौचनको २ र सागर पुनले १ विकेट लिएोल । मलेसियाका लागि अनवर अरुद्दिनले ६९ रन बनाएका छन्।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग