लन्डन । नेपाली जनस्वास्थ्य विज्ञ, अनुसन्धाता, मेडिकल स्पेशलिष्ट र अन्य स्वास्थ्यसंग सम्वन्धित पेशेवरहरुको एउटा वृहत भेला लन्डनमा हुने भएको छ । आगामी २२ अप्रिल दिउसो गोल्डेनसीप रेष्टुरेन्ट साउथ हयारोमा कार्यक्रम गर्न लागिएको आयोजकमध्ये एकजना जनस्वास्थ्य विज्ञ राजेन्द्र थापाले जानकारी दिएका छन् ।
बेलायतमा रहेका हेल्थ केयर प्रोफेशनलहरु एकै ठाउं भेला भइ आफ्ना अनुभव, दक्षता र सीप साटासाट गर्ने अनि बेलायतस्थित नेपाली समुदाय र नेपालमा रहेका सर्वसाधारणमाझ त्यो सीप र ज्ञान बांड्ने कार्यक्रमको उद्देश्य छ । ‘नेपालीलाई स्वास्थ्य रहन प्रेरित गर्ने हाम्रो उद्देश्य हो’, थापाले भने ।
१२ देखि ४ बजेसम्म हुने उक्त कार्यक्रम दुई चरणमा विभाजित हुनेछ । पहिलो चरणमा टक शो हुने र दोश्रो चरणमा संरचनागत विकासमा छलफल केन्द्रित हुने थापाले जनाए । आयोजकले स्वास्थ्य क्षेत्रमा लागेका र अन्य इच्छुकलाई सहभागिताका लागि आव्हान गरेका छन् ।
The details of the program are as below:
Date: 22/04/2017
Time: 11:30 registration (Program 12:00- 16:00)
Venue: Golden ship, 500 Northholt road, South Harrow, HA2 8HA
For further information,
Please contact:
Mr. Balkrishna Bushal: 07426396990
Mr. Rajendra Thapa: 07577605627
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा