
मुन दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रय विमानस्थलमा आफ्ना समर्थकहरुलाई अभिभादन गर्दै । फाइल तस्विर-एपी
सोल (दक्षिण कोरिया), २१ चैत । दक्षिण कोरियाको प्रतिपक्षी दल मिन्जु पार्टीले आफ्नो आधिकारिक राष्ट्रपतिको उम्मेदवारमा सोमबार मुन जाए इनलाई छानेको छ ।
मिन्जु पार्टीका अध्यक्षसमेत रहेका मुन मत सर्वेक्षणमा सबैभन्दा अग्रणीस्थानमा देखिनुभएको थियो ।
मुनले विभिन्न चार चरणमा गरिएको प्राइमरी मत सर्वेक्षणमा ५७ प्रतिशन मत प्राप्त गर्नुभएको थियो ।
दक्षिण कोरियामा आगामी मे महिनाको ९ तारिखमा हुने राष्ट्रपतीय निर्वाचनमा सन् २०१२ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेबाट पराजित बनेका मुन पुनः प्रतिस्पर्धा गर्नुहुनेछ ।
नियमित समय तालिकाअनुसार दक्षिण कोरियामा राष्ट्रपतिका लागि निर्वाचन सन् २०१७ को डिसेम्बरमा हुने कार्यक्रम रहे पनि भर्खरै महाभियोगद्वारा राष्ट्रपतिबाट हटाइएका पार्कको बहिर्गमनसँगै निर्वाचन तालिकासमेत परिवर्तन भएको हो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन