सेन्ट पिटर्सबर्ग (रसिया), २१ चैत । रसियाको आतङ्कवाद विरोधी राष्ट्रिय समितिले सेन्ट पिटर्सबर्गमा भएको विस्फोटपछि यातायात क्षेत्रमा देशभर सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ ।
रसियाली समाचार संस्था तास र इन्टरफ्याक्सका अनुसार सोमबार स्थानीय समयअनुसार दिउँसो ३ बजेर ४० मिनेट जाँदा रेलभित्र विस्फोट गराइएको थियो । प्रारम्भिक सूचना अनुसार घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने घछनामा ५० जनाभन्दा बढी मानिस घाइते बनेका छन् ।
रसियाली सुरक्षाकर्मीले एक विष्पोट नभएको विष्पोटक पदार्थसमेत सेन्ट पिटर्सवर्गकै अर्को एक रेल स्टेसनमा भेटिएको दावी गरेको छ ।
विस्फोटन लगत्तै राजधानी मस्कोलगायतका स्थानमा सुरक्षा सतर्कता थप बढाइएको छ ।
रसियाली सिनेटर भिक्टर अजेरोवले इन्टरफ्याक्ससँगको प्रतिक्रियामा झट्ट हेर्दा घटना आतङ्कवादी आक्रमण जस्तो देखिन्छ । यसबारे अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने नै छ, उहाँले थप्नुभयो ।
स्थानीय सामाजिक सञ्जालमा राखिएका भिडियो दृश्यमा घटनापछि रेल यात्रुहरु हतासमा ढोकाबाट बाहिरिँदै गरेका देखाइएको स्थानीय टेलिभिजनले समेत प्रसारण गरेका छन् ।
रसियाली रेल प्रशासनले घटनापछि उत्तरी रसियाका सहरहरुमा रहेका रेलस्टेसनहरु अस्थायीरुपमा बन्द गरी स्टेसन खाली पार्ने क्रम जारी छ ।
रसियाली समाचार संस्थाले रसियाली प्रशासन केन्द्र क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको बताउनुभयो । पुटिनले सेन्ट पिटर्सबर्गमा सोमबार नै पुगी घटनाबारे जानकारी लिनुहुने अपेक्षा गरिएको छ ।
उहाँले सोमबार नै बेलारुसका राष्ट्रपतिसँग घटनाबारे छलफल गर्नुहुनेछ ।
यसैबीच राष्ट्रपति पुटिनले विस्फोटबारे पहिलो प्रतिक्रिया दिँदै रसियाली अधिकारीले घटना आतङ्कवादी आक्रमण थियो वा अन्य कुनै समस्या हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको बताउनुभयो ।
कानुनी तथा गुप्तचर अधिकारीले आफ्नो सम्पूर्ण प्रयासलाई घटनाबारे सत्यतथ्य पत्ता लगाउन लगाएका र छिट्टै यस विषयमा थप जानकारी आउने उहाँको भनाई थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने