मस्को (रसिया), २० चैत । रसियाली प्रहरीद्वारा प्रदर्शनमा सहभागी दर्जनौँ प्रदर्शनकारीलाई आइतबार प्रहरी नियन्त्रणमा लिएको छ ।
मस्कोमा भ्रष्टाचारविरुद्धको अभियानस्वरुप प्रतिपक्षीले गरेको प्रदर्शनमा प्रतिपक्षी नेता तथा रसियाली राष्ट्रपतिका कट्टर आलोचक अलेक्सी नाभाल्नीसहित सयौँ मानिसलाई पक्राउ गरेको एक हप्तापछि फेरी २९ जना भ्रष्टाचारविरोधी अभियानमा संलग्न प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनकारीको पक्रउबारे मस्को प्रहरीको सञ्चार एकाईले पुष्टि गरेको छ ।
मस्कोमा शान्तिपूर्ण प्रदर्शनका लागि तयारी अवस्थामा रहेका करिब ३० जनालाई प्रहरीले पक्राउ गरेको एएफपीका मस्कोस्थित संवाददाताले बताएका छन् ।
पक्राउपर्नेमा चार जना बालबालिकासमेत रहेका ‘ओमिडी इन्फो’ नामक एक पक्राउ बन्दीबारे अनुगमन गर्ने संस्थाको वेबसाइटमा जनाइएको छ ।
पुटिनका आलोचक तथा भ्रष्टाचार अभियानका नेता नाभाल्नीसहित करिब ५०० प्रदर्शनकारीलाई मस्को प्रहरीले एक हप्ताअघिको प्रदर्शनका क्रममा पक्राउ गरी प्रहरी हिरासतमा राखेको प्रहरीले जनाएको छ भने उक्त दिन झन्डै एक हजार प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिइएको ओभिडी इन्फोले दाबी गरेको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल