मनिला, १९ चैत । विश्वकै सबैभन्दा लामो समय सङ्घर्ष गरिरहेको फिलिपिन्सको कम्युनिष्ट विद्रोही समुहले युद्धविराम गर्ने बारेमा छलफल गर्न तयार रहेको जनाएको छ ।
गरिविको चपेटामा रहेको देश फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट विद्रोहीको द्वन्द्व सुरु भएको हो । यो अवधिमा अहिलेसम्म ३० हजार जनाको मृत्यु भएको छ ।
‘जति सक्दो चाडो युद्धविराम गर्ने सहमति हुने विश्वास लिइएको छ,’ विद्रोहीतर्फका मुख्य सहजकर्ता फिडेल अग्क्वोइलीले नेदरल्याण्डबाट शुक्रबार अवेर जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ, ‘विद्रोहीतर्फको सहजकर्ता टोली अधिकतम लचकताका लागि तयार छ, खुल्ला छलफल गर्न चाहन्छ, त्यसका लागि सरकारले वातावरण बनाउनु पर्दछ ।’
सरकारी सहजकर्ता टोलीका प्रमुख सिल्भेस्ट्रो बेल्लोले आउदो हप्ता बार्ता हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले बार्ताका लागि सरकारपनि व्यग्र प्रतिक्षामा रहेको बताउनु भयो ।
फिलिपिन्सको विद्रोही कम्युनिष्ट पार्टीमा झण्डै ४ हजार लडाकु आबद्ध छन् ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल