मोगादिसु (सोमालिया), १८ चैत । सोमालियामा विगत केही समयदेखि व्याप्त खेडेरीका कारण करिव चार लाख ४४ हजार सोमालियाली विस्थापित बनेका छन् ।
संयुक्त राष्ट्रसङ्घ मानवीय सहयोग हेर्ने निकायले शुक्रबार दिएको जानकारी अनुसार सोमालियामा सन् २०१६ को नोभेम्बर पछिका चार महिनामा चार लाख ४४ हजार सोमालियाली नागरिक खाद्यान्न को चरम अभावका कारण शरणार्थी जीवन विताउन बाध्य भएको बताएको हो ।
सन् २०१७ मा सोमालियामा भोकमरीको खतरा रहेको राष्ट्रसङ्घको मानवीय सहयोग निकायले बताएको छ ।
यदी सोमालियामा अप्रिल देखि जुन महिनामा पनि मौसममा सुधार नआए सन् २०१०- ०११ मा जस्तै क्रयशक्तिमा व्यापक कमी आउने छ र मानवीय सहयोगले आधारभूत आवश्यकतलाई सम्बोधन गर्ने गरी व्यवस्था गर्न नसकिएमा भोकमरीले ठूलो जनसङ्ख्या प्रभावित बन्ने राष्ट्रसघको भनाई छ ।
केही विस्थापित मानिस विस्थापित भई खर्चको अभावमा लामो समय चरम गर्मीमा पैदलै शरणार्थी शिविर आइपुग्ने गरेको राष्ट्रसङ्घले बताएको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य