लिमा, १६ चैत्र । राजधानी लिमाबाट आन्तरिक उडान भर्दै पेरुको जुनिन प्रान्तको जाउजा विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको पेरुभियन एयरलाइन्सको एउटा विमान दुर्घटनाग्रस्त भएको छ ।
विमानले भूईं छोइसकेपछि आगलागी भएकाले अग्नी नियन्त्रक दल तत्कालै त्यहाँ पुगी उद्धार गर्न सफल रहेकाले विमानमा सवार सबै यात्रुहरु सकुशल रहेका पनि स्थानीय सन्चार माध्यहरुले जनाएका छन् ।
पेरुभियन एयरलाइन्सको उक्त बोइङ्ग–७३७ विमानमा चालक दलका सदस्य सहित एकसयचालीस जना यात्रु सवार रहेका पनि पेरुको एउटा दैनिक पत्रिका एल कमर्सियोले उल्लेख गरेको छ ।
उक्त विमान गतः मङ्गलबार स्थानीय समयाअनुसार साँझ ५ बजे (नेपाली समय अनुसार बुधबार बिहान सबेरै) जाउजा विमानस्थलमा अवतरण गर्न लागेको थियो ।
घटना भइरहेको समयमै विमानस्थल परिसर बाहिरबाट कोही शोखिनदार ब्यक्तिले खिँचेको भिडियो क्यामेराले दुर्घटनाग्रस्त विमानबाट कालो र बाक्लो धुवाँको मूस्लो उठिरहेको र यस धुवाँको मूस्लोले यात्रुमाझ ठूलो त्रास सिर्जना गरेको दृश्य देखाएको थियो ।
के, कस्ता कारणले विमानमा आगलागी हुन पुगेको हो सो तथ्य तत्काल खुल्न नसकेको पनि जनाइएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल