
स्लोभानिया, १६ चैत । स्लोभानियाका विदेशमन्त्री कार्ल इर्जाभेकले युरोपेली सङ्घबाट बेलायत बाहिरिँदा बेलायत र सङ्घ दुवैलाई राम्रो नहुने बताउनुभएको छ ।
युरोपेली सङ्घबाट बाहिरिनका लागि बेलायतले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन पत्र दिएपछि उहाँले दुःख व्यक्त गर्नुभएको हो ।
उहाँले बेलायत र सङ्घको आगामी दिनको सम्बन्धका बारेमा स्लोभानियाका लागि बेलायती राजदुत सोफी होनीसँग आफूले विचार आदानप्रदान गर्न लागेको बताउनुभएको छ ।
विदेशमन्त्री इर्जाभेकले बेलायत र स्लोभानियाको सहकार्यमा यस्ले कुनै असर नपाउने विश्वास व्यक्त गर्नुभएको स्लोभानियाको सरकारी समाचार संस्था स्लोभानियन प्रेस एजेन्सी (एसटिए)ले जनाएको छ ।
युरोपेली सङ्घका लागि बेलायती राजदूतले सङ्घबाट बाहिरिनका लागि बेलायतका तर्फबाट युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन बुधबार पत्र दिनुभएको थियो ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने