
लन्डन । यूकेमा रहेका लिम्बु महिलाहरुको प्रथम लिम्बु भाषा वक्तित्वकला तथा हाजिरी जवाफ प्रतियोगिता गत २६ मार्च २०१७ का दिन अल्डरसटको एम्पायर ब्याङक्वेट हलमा सम्पन्न भएको छ ।
किरात याक्थुङ चुम्लुङ यूके केन्द्रीय समिति अन्तर्गत महिला समितिले उक्त कार्यक्रम गरेको हो । हाजिरी जवाफमा लिम्बु खाना, लिम्बु पोसाक, लिम्बु गरगहना, लिम्बु मुन्धुम र लिम्बु इतिहास लगायत शिर्षकमा प्रश्न सोधिएको थियो ।
महिलाहरु मात्र प्रतिष्पर्धी रहेका उक्त प्रतियोगितामा किरात याक्थुङ चुम्लुङ ग्रेटर लण्डन शाखा प्रथम, वेजिङस्टोक शाखा दोस्रो र रशमोर शाखा तेस्रो भए । लिम्बु महिलाका ११ समूह प्रतिस्पर्धामा उत्रिएका थिए ।
दोस्रो चरणको वक्तित्वकला प्रतियोगितामा कोलचेष्टरबाट सानु लिम्बु प्रथम, अक्सफोर्डबाट जानु काम्बाङ दोस्रो र आसफोर्डबाट मनमाया नेम्बाङ तेस्रो भए । वक्तित्वकलामा १० प्रतिष्पर्धी सहभागी थिए ।
चुम्लुङ यूकेका अध्यक्ष काजीमान यक्सो, नेपाल आदिवासी जनजाति महासङ्घ यूकेका अध्यक्ष तुल छन्त्याल र डा. चन्द्र लक्सम्बाले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए । सामूहिक च्याब्रुङ नृत्यबाट शुरु गरिएको कार्यक्रमका प्रश्नकर्ता एवं निर्णायक मण्डलमा गणेश इजम, विमला सेन, खुशी लिम्बु थिए ।
लिम्बु पहिरनमा भेला भएका महिलाहरुले हाजिरी जवाफ प्रतियोगिता, बक्तित्वकला प्रतियोगिता लगायत पुरै कार्यक्रम लिम्बु भाषामा गरेका थिए । यस्तो कार्यक्रम यूकेमा पहिलो हो । लिम्बु भाषा नेपालको चौंथो समृद्ध भाषा मानिन्छ र यसलाई किरात सिरिजङ्गा लिपीमा लेखिन्छ ।
चुम्लुङ महिला समितिकी अध्यक्ष युमा लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा उपस्थित सबैलाई मनमाया लिम्बुले लिम्बु भाषामै स्वागत गरेकी थिइन् भने कार्यक्रम सञ्चालन महासचिव महेश्वरी नेम्बाङले गरेकी थिइन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने