संयुक्त राष्ट्रसङ्घ (अमेरिका), १५ चैत । उत्तरी इराकको मोसुल सरहमा पछिल्लो समयमा सरकारी सेनाले गरेको सुरक्षा कारबाहीका कारण दुई लाख ७९ हजार इराकी जनता विस्थापित भएका छन् ।
राष्ट्रसङ्घका सहायक प्रवक्ता फर्हान हकले सोमबार पत्रकारलाई दिएको जानकारीअनुसार दुई लाख २० हजार इराकी पश्चिमी मोसुलबाट गत फेब्रुअरीदेखि अहिलेसम्म विस्थापित भएका छन् ।
पत्रकार सम्मेलनमा उहाँले विस्थापितलाई आफुले सहयोग निरन्तर गरिरहेको बताउनुभयो ।
पश्चिमी मोसुलबाट विस्थापितहरुलाई स्वास्थ्य सेवाका लागि अधबा र हमाममा अस्पताल स्थापना गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
दक्षिणी र पूर्बी मोसुलमा रहेका विस्थापित व्यक्तिलका लागि उपचारको लागि चार ओटा ट्रमा सेन्टर स्थापना गरिएको छ भने चार ओटा फिल्ड अस्पताल पनि परिचालन गरिएको छ ।
इराकी सरकार र इस्लामिक स्टेट (आइएस)को मोसुलमा भीषण लडाइ भइरहेको छ ।
इराकका प्रधानमन्त्री हैदर अल अबादील गत फेब्रुअरी १९ देखि अतिबादी लडाकु विरुद्ध घोषणा गर्नुभएको थियो ।
मोसुलको पश्चिमी क्षेत्रमा साघुरा बाटाहरु र घना बस्ती रहेको छ । जहाँ सात लाख ५० हजारदेखि आठ लाखसम्म जनसङ्ख्या रहेको छ । यो इराकी सेनाका लागि ठुलो चुनौतीका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
इराकको राजधानी बग्दाददेखि ४०० किलोमिटर उत्तरतर्फ पर्ने मोसुल सहर सन् २०१४ को जुनदेखिको नियन्त्रणमा छ ।
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पगोले र गुरुङ
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन