लन्डन । २९ मार्च बुधबार बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाहरुबीच त्रिपक्षीय वार्ताको पूर्व सन्ध्यामा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र गेसो मिलेका छन् ।
मंगलबार त्रिपक्षीय वार्तामा भूपू गोर्खाका माग एकवद्ध गरि प्रस्तुत गर्ने र भावी दिनमा हुने हरेक आन्दोलन र अभियानमा कार्यगत एकतासहित बढ्ने सहमति भएको हो ।
यसअघि गोर्खा सत्याग्रह र गेसो दोषारोपण र गाली गलौजमा उत्रंदै आएका थिए । उनीहरु फरक फरक ढंगले आन्दोलनमा उत्रंदा बेलायत सरकार समेत द्विविधामा थियो ।
गेसो सभापति कृष्णकुमार राई र सत्याग्रह समितिका तर्फबाट संयोजक कृष्णबहादुर राईद्वारा जारी संयुक्त विज्ञप्तिमा बेलायत सरकारले गोर्खाहरुलाई दुई सय वर्ष यता भेदभाव, अपमान र असमान व्यवहार गर्दै आएको जनाउंदै अब त्यसविरुद्ध एक भएर लड्ने उल्लेख छ ।
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट