
इश्लामावाद (पाकिस्तान), १४ चैत । पाकिस्तानले अफगानिस्तानसँगको सिमानामा पर्खाल निर्माण गर्न सुरु गर्नेभएको छ ।
सीमा क्षेत्रमा अफगानी विद्रोही लडाकूको गतिविधिलाई कम गर्ने उद्देश्यले सीमा क्षेत्रमा बार निर्माण गर्न लागिएको समयमा पाकिस्तानको पूर्वी छिमेकीद्वारा भने मिलेर बसेका समूदाय विभाजित हुने भनी आलोचना आएको छ ।
पाकिस्तान र अफानिस्तानलाई इराक लाइन ले विभाजित गरिएको छ । बेलायतीहरुले सन् १८९६ मा निर्माण गर्न लागेको दुई हजार ४०० किलोमिटर सीमानामध्ये गत वर्ष एक हजार १०० किलोमिटर दक्षिणी सीमामा बार निर्माण गरिसकिएको छ ।
सेनाका अनुसार बाँकी आधाजसो सीमाबारलाई आगामी हप्तादेखि निर्माण सुरु गरिने छ ।
अफगानिस्तानका गृहमन्त्रीले पाकिस्तानी पक्षबाट सीमा सुरक्षाका लागि भनी सुरु गरेको कदमको विरोध जनाएको छ । यद्यपि निर्माण सुरु नभएको बताउँदै यसबारे थप प्रतिक्रिया नजाउने बताउनुभयो ।
अफगानी गृहमन्त्रीले सीमानामा वार निर्माण गरेर आतङ्कवाद सम्बन्धि समस्या समाधान गर्न नसकिने तर यसले सीमा क्षेत्रका समुदायलाई विभाजित मात्र गराउने बताउनुभयो ।
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने