लन्डन । नयाँ शक्ति पार्टी नेपालको बेलायतस्थित भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको अध्यक्षमा धन गुरुङ निर्वाचित भएका छन् ।
आइतवार अल्डरसटमा सम्पन्न समाजको पहिलो अधिवेशनले गुरुङलाई सर्वसम्मत नयां अध्यक्ष चयन गरेको हो । अधिवेशनवाट उपाध्यक्षहरुमा जगन कार्की, थम बिक, सुमित्रा राई, हेम गुरुङ र डा. दिलिप यादव निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा रेशम थापा, सचिवमा पुष्प उप्रेती र रुद्र श्रेष्ठ चयन भएको समाजले जनाएको छ ।
त्यसैगरि, कार्यसमितिको कोषाध्यक्षमा दिपक गुरुङ, सह-कोषाध्यक्षमा राजु कंडेल र प्रवक्तामा वीरेन्द्र श्रेष्ठ चुनिएका छन् । नयाँ कार्यसमितिको सदस्यहरुमा सुरोज मास्के, कृष्ण गैरे, पाण्डव महतो, शिवहरि तिमल्सिना, क्रान्ति मास्के, तारबिन पोखरेल, सकुन्तला गुरुङ, कुमार घले, लक्ष्मी भण्डारी, गनबहादुर गुरुङ, रुद्र ढकाल र हर्क सेवा चयन भएका छन् ।
नयां कार्यसमितिको कार्यकाल ३ वर्ष हुनेछ ।
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट