लण्डन, १० चैत । बेलायती महारानी एलिजावेथ द्वित्तीयले बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पीडित सवैप्रति बिहीवार ‘गहिरो समवेदना’ व्यक्त गर्नुभएको छ ।
बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ ।
‘म यस दुखद घडीमा मृतक आत्माको शान्तिका लागि र घटनामा घाइते भएका पीडित र उनीहरूका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु’, महारानी एलिजावेथ द्वित्तीयले प्रहरीलाई बुधबारको निन्दनीय हिंसाबारेमो दिएको पहिलो प्रतिक्रियामा बताउनुभएको छ ।
बुधबार राति एक अपरिचित आतङ्ककारीले राजधानी लन्डनको वेष्टमिनिष्टर पुलमा जथाभाबी कार हांक्दा र छुरा प्रहार गर्दा एक जना सुरक्षाकर्मीसहित ४ जनाको मृत्यु हुनाको साथै करिब २९ जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ ।
नेपाली समय अनुसार बुधवार राति मध्य लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उक्त आक्रमण र हताहतीका घटना भएका लन्डन महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले जानकारी गराउनुभएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई