लण्डन । उद्योग मन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।
लण्डनका लर्ड मेयर डा. एण्ड्रयु पाम्लीद्वारा ‘ब्रिटिश व्यवसायीहरुकालागि नेपालको जलविद्युत क्षेत्रमा लगानीका अवसरहरु’ विषयक अन्तरकृया कार्यक्रमलाई संबोधन गर्दै मन्त्री जोशीले नेपालमा नयाँ संविधानको घोषणापछि नयाँ सरकार देशको आर्थिक रुपान्तरणकालागि लागि परेको बताए। मार्च महिनाको पहिलो साता काठमाडौंमा आयोजित लगानी सम्मेलनमा साढे तेह्र अर्ब डलर बराबरको विदेशी लगानी संबन्धी मनसायपत्र प्राप्त भएको बताउँदै उनले विदेशी लगानीकर्ताहरुलाई हरसंभव सजिलो बनाउन सरकारले काम गरिरहेको बताए ।
मन्त्री जोशीले विदेशी कम्पनी खोल्न, आयोजना सन्चालन गर्न तथा लगानी गरेकै मुद्रामा मुनाफा फिर्ता लैजान पाउने व्यवस्था मिलाउन सरकारले विभिन्न कदमहरु चालेको बताए। कम्पनी ऐन, औद्योगिक प्रवर्धन बोर्ड ऐनमा संशोधन लगायत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नीतिमा पनि सुधार गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिफिड) का राज्यमन्त्री रोरी स्टुअर्टले नेपालमा जलविद्युतको विकासमा सघाउन डिफिड लागिपरेको बताए । उनले ब्रिटिश कम्पनीहरुले अफ्रिकी मुलुकहरुमा जलविद्युत क्षेत्रमा लगानी गरिरहेको तर नेपालमा लगानीको व्यापक संभावना रहेको बताए। नेपालमा एसियाकै आर्थिक शक्ति बन्नसक्ने संभावना रहेको छ र त्यसमा सघाउन ब्रिटिश सरकार तयार छ, उनले भने।
नेपालका लागि ब्रिटिश राजदूत रिचार्ड मोरिसले काठमाडौंमा हालै सम्पन्न लगानी सम्मेलनपछि विदेशी लगानीकर्ताहरु पनि निकै उत्साहित भएको र नेपाल सरकार पनि लगानी भित्र्याउन प्रतिबद्ध देखिएको बताए। उनले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्न आह्वान पनि गरे। ब्रिटिश राजदूतावासले ब्रिटिश लगानीकर्ताहरुको जानकारीकालागि एउटा पुस्तिका समेत प्रकाशित गरेको छ।
कार्यक्रमलाई संबोधन गर्दै लर्ड मेयर डा एण्ड्रयु पाम्लीले गत नोभेम्बर महिनामा आफुले नेपालको भ्रमण गरेको स्मरण गर्नै नेपाल संभावनै संभावनाले भरिएको मुलुक भएको बताए। उनले नेपालमा आउँदो दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गर्न झण्डै २० अर्ब पौण्ड बराबरको लगानी चाहिने उनले बताए। उनले ब्रिटेनका वित्तीय, कानुनी तथा इन्जिनियरिङ कम्पनीहरुलाई नेपालमा गएर काम गर्न सुझाव पनि दिए।
सो अवसरमा बेलायतकालागि नेपाली राजदूत डा दुर्गाबहादुर क्षेत्रीले नेपालमा जलविद्युत, पर्यटन, पूर्वाधार विकास, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गर्न अहिले उपयुक्त अवसर भएको बताएका थिए ।
कार्यक्रममा डोल्मा इम्प्याक्ट फण्डका टिम गोचर तथा हाइड्रो प्लानका किरोन हान्सनले नेपालमा जलविद्युत क्षेत्रमा लगानीबारे कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।
अन्तर्कृयामा विभिन्न प्रमुख ब्रिटिश कम्पनीहरुका साथै एनआरएनका अगुवाहरुको सहभागिता थियो।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न