लन्डन । बेलायतमा पहिलो पटक नेपाली फिल्म अवार्ड हुने भएको छ । थर्ड आइ नामक संस्थाले आगामी जुलाई ८ तारिख शनिबार अवार्ड गर्न लागेको हो । युरोपमा सबैभन्दा धेरै नेपाली बसोबास गर्ने यूकेलाई आधार बनाई नेपाली फिल्म क्षेत्र देश बाहिर पनि प्रचार प्रसार, विस्तार र प्रवर्धन गर्ने हेतुले फिल्म अवार्ड आयोजना गर्न लागिएको कार्यक्रम संयोजक थर्ड आइका विकास देवकोटाले जनाए ।
नेपाली फिल्म क्षेत्रका विविध विद्यामा अवार्ड दिने योजना छ । अवार्ड कार्यक्रमका लागि नेपाली कला, संगीत र फिल्म क्षेत्रका ५० जनाभन्दा बढि हस्ती बेलायतमा उतार्ने देवकोटाको दावी छ । ऐतिहासिक हुने बताइएको उक्त कार्यक्रममा उत्कृष्ट गीत, संगीत, डान्स, गीतकार, संगीतकारको मनोनयन र छनौट प्रक्रिया लन्डनस्थित टिमबाट हुने र अन्य विद्याहरुमा मनोनयन र छनौट कार्यहरु नेपालबाट गरिने थर्ड आइले जनाएको छ ।
आयोजकले कार्यक्रम सफल पार्न बेलायतस्थित सम्पूर्ण व्यवसायी, सामाजिक संघ संस्था, बुद्धिजिवी, पत्रकार लगायत नेपाली कला, संगीत र फिल्मी क्षेत्रलाई माया गर्ने सबैमा अनुरोध गरेका छन् ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]