लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हाल बेलायत भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसंग एक अन्तरक्रिया गर्ने भएको छ । २३ मार्च बिहीबार सांझ ६ बजे अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा कार्यक्रम तय गरिएको हो । यसअघि लन्डनमा कार्यक्रम गर्ने बताइएको थियो ।
संघका प्रवक्ता खुशी लिम्बुले नेपालको समसामयिक राजनीतिक अवस्था र एनआरएनहरुका लागि दोहोरो नागरिकता, लगानी अवसर लगायत विषयमा अन्तरक्रिया हुने जनाउंदै उपस्थितिका लागि सबैमा आग्रह गरेका छन् ।
मन्त्री जोशी लर्ड मेयरको निमन्त्रणा बेलायत आएका हुन् । उनले आज मंगलबार म्यान्सन हाउसमा ‘बेलायती व्यवसायीलाई नेपालको हाइड्रो क्षेत्रमा लगानीका अवसर’ बारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
नेता श्रेष्ठ लन्डन हुंदै बेल्जियम कार्यक्रममा भाग लिइ पुनः लन्डन आएका हुन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार