लन्डन । बेलायती राजकुमार हयारीले सोमबार आफ्नो गत वर्षको पहिलो नेपाल भ्रमण अविष्मरणीय भन्दै पुनः नेपाल जाने इच्छा व्यक्त गरेका छन् ।
लन्डनस्थित नेपाली दूतावासद्वारा बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापना भएको २०० वर्ष पुगेको उपलक्ष्यमा सोमबार अपरान्ह दूतावासमा आयोजित विशेष समारोहमा हयारीले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताए । उनले नेपालको पुनर्निर्माणमा ब्रिटिश जनताको साथ रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
राजकुमार हयारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा पनि गरेका थिए । हयारीले आउंदा कैयौं शताब्दीहरुसम्म पनि नेपाल र ब्रिटेनबीच निकट सम्बन्ध तथा मित्रता कायम रहिरहने विश्वास व्यक्त गरे ।
राजकुमार हयारीले पानसमा दीप प्रज्वलन गरि उक्त समारोह उद्घाटन गरेका थिए । उनले दूतावास हलमा भिक्टोरिया क्रस (भिसी) प्राप्त गर्ने १३ भूपू गोर्खाहरुको तस्वीर अनावरण समेत गरे ।
कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत नेपाल सम्वन्ध सरकारीस्तरमा मात्र नभइ जनस्तरमा समेत सुदृढ भएको बताए । मन्त्री जोशीले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको स्मरण गर्दै नेपालमा जलश्रोत, पर्यटन व्यापार र लगानीका प्रशस्त अवसरहरु रहेको धारणा समेत राखे ।
राजदूत डा. दुर्गाबहादुर सुवेदीले राजकुमार हयारीको उपस्थितिले नेपाल र नेपाली जनताप्रति बेलायती राजदरबार, सरकार र जनताको सदभावना र सम्मानको भावना प्रतिविम्बित गर्ने बताए । उनले गोर्खा सैनिकहरुको साहस, इमान्दारिता र वीरताले बेलायतसंगको सम्वन्ध सुदृढ तुल्याएको उल्लेख गर्दै बेलायतले नेपालको आर्थिक र सामाजिक विकासमा पुरयाएको योगदानको प्रशंसा समेत गरेका थिए ।
उक्त अवसरमा राजकुमार हयारीको स्वागतार्थ गोर्खा ब्रिगेड व्याण्डबाट संगीत प्रस्तुत गर्नुका साथै गोर्खा सैनिकहरुले खुकुरी नाच देखाएका थिए । साथै नेपालको हिमाल, पहाड र तराइ मधेशको संस्कृति झल्कने विभिन्न नेपाली नृत्य समेत प्रस्तुत गरिए ।
उक्त विशेष समारोहमा बेलायती रक्षामन्त्री मार्क ल्यान्केस्टर, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायती सांसद, मन्त्रालयका उच्च पदस्थ कर्मचारी, विभिन्न देशका राजदूत, मेयर लगायत सयौं नेपालीको सहभागिता थियो ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन