लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको छैँटौँ वार्षिक साधारणभा आइतबार लण्डनमा सम्पन्न भएको छ । शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको साधारणसभाको पहिलो सत्रमा बीबीसी विश्वसेवाका पर्यावरण सम्वाददाता नविनसिंह खड्काले ‘जलवायु परिवर्तन नेपाली पत्रकारहरुका लागि किन महत्वपूर्ण छ’ भन्ने बारेमा प्रवचन दिएका थिए । उनले जलवायु परिवर्तनबाट हुनसक्ने असरहरु प्रष्ट्याउँदै खाडी मुलुकमा काम गर्नै नसक्ने वातावरण आउनसक्ने र त्यसबाट नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्नसक्ने खतरा औँल्याए । जलवायु परिवर्तनलाई अर्थतन्त्रसित जोडेर हेर्नपर्ने उनको जोड थियो । उनको प्रस्तुतिपछि पत्रकारहरुले विभिन्न जिज्ञासा राखेका थिए ।
साधारणसभाको उद्घाटन शाखाका सल्लाहकारहरु भगिरथ योगी, नविन पोखरेल, हरिकुमार गुरुङ काजी, केशव भण्डारी, रिटायर्ड मेजर सोनामछिरिङ शेर्पा र नविनसिंह खड्काले मैनबत्ती बालेर गरेका थिए । महासचिव लीलामान शेरपुञ्जा र उपाध्यक्ष ध्रुवराज अर्यालले संचालन गरेको सो साधारणसभामा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले व्यक्त गरेका थिए । साधारणसभाले महासचिव शेरपुन्जाले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष पूर्ण गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा पत्रकार नृपेश उप्रेतीको गजलको म्यूजिक भिडियो पनि पत्रकार नविनसिंह खड्काले सार्वजनिक गरेका थिए ।
भेलामा शाखाले मे २१ मा गर्न लागेको च्यारिटी कार्यक्रम लगायत पत्रकारितासित सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो । यसअघि सो साधारणसभामा वेष्टमिनिस्टर युनिभर्सिटीका प्रोफेसर दयाकिसन ठुसुले प्रवचन दिने भनिएको भए पनि उनी छोरीको शल्यक्रिया परेका कारण सो साधारणसभामा आउन नसकेको बताइएको छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न