
जेरुसेलम, ६ चैत । इजरायली रक्षामन्त्री अभिगडोर लाइवरमेनले आइतबार सिरियाली सेनाले जमिनबाट आकाशमा हान्ने क्षेप्यास्त्रको प्रयोग गरी इजरायली युद्धक विमानलाई आक्रमण गरेको भन्दै आफूहरूले चाहेमा सिरियाली हवाई रक्षा प्रणालीलाई नै ध्वस्त पारिदिनसक्ने बताउनुभएको छ ।
यदि फेरि पनि सिरियाली सेनाले आफ्नो हवाई रक्षा प्रणालीको प्रयोग गरी हाम्रा विमानमाथि आक्रमण गरेमा सिरियाको हवाई रक्षा प्रणालीलाई कुनै हिचकिचावटविना नै ध्वस्त पारिदिने छौँ, लिवरमेनले इजरायली सरकारी रेडियोसँगको कुराकानीमा बताउनुभयो ।
यसअघि इजरायली युद्धक विमानले शुक्रबार कैयौँ पटक सिरियाली क्षेत्रमा आक्रमण गरी लेवनानी सिया हेजबुल्लाह आन्दोलनमा सहयोगार्थ हिँडाइएका हतियारलाई लक्षित गरी आक्रमण गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताउनुभएको थियो ।
यसरी इजरायली युद्धक विमानद्वारा गरिएका आक्रमणका क्रममा सिरियाली सेनाले एक इजरायली युद्धक विमानलाई जमिनबाट क्षेप्यास्त्र आक्रमण गरी खसालेको थियो भने अर्को एक विमानमा पनि आक्रमण गरेको थियो । तर इजरायली सेनाले आफ्ना कुनै विमानमा आक्रमण नगरिएको बताएको थियो ।
इजरायली सेनाद्वारा विज्ञप्तिमा भनिएको छ, सिरियाद्वारा युद्धक विमानमाथि कैयौँ हतियारको.निसाना बनाइए पनि सबै निरर्थक बनेका थिए । एउटा क्षेप्यास्त्र आक्रमणलाई इजरायली ‘एरो’ हवाई रक्षा प्रणालीले अवरुद्ध गरी आकाशमै निस्क्रिय पारिदिएको इजरायली सञ्चारमाध्यमले बताएका छन् ।
सिरियाबाट लेबनान निर्यात गर्न लागिएका हतियारलाई कुनै बेला पनि रोक्न हामीले प्रतिरोध गर्ने छौँ, लिवरमेनले इजरायली रेडियोसँगको अन्तरवार्तामा बताउनुभयो ।
लिवरमेनले आफ्नो देशले सिरियाली गृहयुद्धमा हस्तक्षेप गर्ने वा रसियासँग विवादमा तानिने चाहना नराखेको तर इजरायलको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहने बताउनुभयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा