पापिटे (फ्रान्स), ३ चैत । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामा एक महिनाका लागि बुधबार फ्रान्स पुग्नुभएको स्थानीय टेलिभिजनले जनाएका छन् ।
स्थानीय टिभी च्यानल तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उहाँले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसोर्टमा समय बिताउने तयारी गर्नु भएको छ ।
उहाँ आफ्नो परिवार विना नै पर्यटकिय टापु तहीतीमा उत्रिनुभएको थियो । ओबामा वातावरण मैत्री ब्राण्डो रिसोर्टमा बस्नुभएको छ । सो रिसोर्टको प्रति रातको शुल्क १२ हजार ३०० युरो रहेको छ ।
यस यात्राका क्रममा ओबामाले कुनै राजनीतिक भेटघाट नगर्ने बताउनुभएको छ । उहाँले किन यस्तो एक महिने योजना बनाउनुभयो भन्ने स्पष्ट हुनसकेको छैन । साथै उहाँको परिवारका सदस्यहरु पछि उहाँसँगै आउने छन् की छैनन् भन्ने पनि यकिन भएको छैन ।
फ्रान्सको पोलिनेसिया दक्षिणी प्रशान्त महासागरमा पर्ने १०० भन्दा बढी टापु भएको क्षेत्र हो । जहाँ सन् १९९० को दशकमा फ्रान्सले आणविक परिक्षण गरेको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल