
लन्डन । बेलायतमा सबैभन्दा कान्छो संस्थाका रुपमा बुद्ध फाउण्डेसनको जन्म भएको छ । बुधबार सांझ एनआरएनए यूके कोषाध्यक्ष तथा बेलायतका सफल युवा व्यवसायी दिपक श्रेष्ठको अध्यक्षतामा फाउण्डेसन गठन भएको हो । बेलायतमा झण्डै अढाइ सय नेपाली संस्थाका भन्दा पृथक मिसन लिएर फाउण्डेसन गठन गरिएको अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए । गौतम बुद्धको जन्मस्थल र उनको शान्ति सन्देश विश्वमाझ पुरयाउने एवं नेपालमा सामाजिक तथा कल्याणकारी कार्य गर्ने मुख्य उद्देश्य संस्थाको छ ।
प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा सम्पन्न भेलाले हरिश ज्ञवाली, सचिन श्रेष्ठ र एभरेष्ट गौतम उपाध्यक्ष, गणेश खड्का महासचिव, सुरेन्द्र रुपाखेती सचिव, राजन खकुरेल कोषाध्यक्ष र धनराज मल्ल सह-कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हयारी गुरुङ, जीवन सेन, बर्मा खनाल, महेन्द्र कुंवर, विकास नेपाल, युवराज सेढाईं, निरञ्जन खड्का र मनिषा डंगोल श्रेष्ठलाई चयन गरिएको छ भने समिर गुरुङ युवा संयोजक, नवीन पोखरेल मिडिया संयोजक र नीर महर्जनलाई प्राविधिक संयोजक बनाइएको छ ।
फाउण्डेसनले १२ जना सल्लाहकार मनोनित गरेको छ । डा. कविताराम श्रेष्ठ, राजन कंडेल, पशुपति भण्डारी, धर्म गुरुङ (लामा गुरु), विनोद ज्ञवाली, सुमलकुमार गुरुङ, मोहन गुरुङ, सुरेन्द्र श्रेष्ठ, राजेश पाठक, श्रीचन्द्र गुरुङ, कुमार श्रेष्ठ र श्याम शेरचन सल्लाहकार चयन भएका छन् । कार्यसमितिको कार्यकाल दुई वर्षको छ ।
अध्यक्ष श्रेष्ठले फाउण्डेसनको जिम्मेवारी लिनु दुई दिन अघि कपिलवस्तु समाज यूकेको अध्यक्षबाट राजिनामा दिएका थिए । विभिन्न संस्थामा एकैपटक आवद्ध हुंदा कार्यसम्पादन प्रभावकारी नहुने निष्कर्षसहित श्रेष्ठले अन्य संस्थाको कार्यकारी भूमिका छाडेका हुन् ।
फाउण्डेसनले नेपालमा बुद्ध बृद्धाश्रम स्थापना गर्ने योजनासहित आउंदो मे २० मा लन्डन प्लमस्टिडमा एक च्यारिटी कार्यक्रम गर्ने भएको छ । त्यस अलवा फाउण्डेसनले आगामी मे ७ तारिखका दिन लन्डनको मुटु ट्राफलगर स्क्वायरमा बुद्धजयन्ती मनाउने भएको छ । लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि र कपिलवस्तु समाज यूके समेतको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो । उक्त कार्यक्रम सफल बनाउन फाउण्डेसनले हयारी गुरुङ र एभरेष्ट गौतमलाई संयोजक तोकेको छ । उक्त इभेन्टका लागि सहसंयोजकमा युवा संयोजक समिर गुरुङलाई तोकिएको फाउण्डेसनले जनाएको छ ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई