इस्लामाबाद, २ चैत्र । पाकिस्तानमा आजदेखि राष्ट्रिय जनगणना शुरु भएको छ । पाकिस्तानका राष्ट्रिय जनगणना प्रमुख असिफ बाज्वाले जनगणना कार्यक्रमको उद्घाटन गर्दै १९ वर्षको अन्तरालपछि पहिलो पटक जनगणना हुन लागेको बताए ।
दुई चरण गरी आगामी मे १५ तारिखसम्म यस जनगणना कार्यक्रम सम्पन्न गरिने लक्ष राखिएको बताइएको छ ।
तथ्याङ्क सङ्कलन कार्यका लागि फिल्डमा खटिई आउने कर्मचारीलाई सघाउन गर्न र सही सूचना उपलब्ध गराई आधिकारिक राष्ट्रिय तथ्याङ्क निकाल्न सरकारलाई सहयोग गर्न जनगणना प्रमुख बाज्वाले सबै नागरिकहरुलाई आह्वान गरेका छन् ।
यस जनगणनामा अफगानिस्तानी शरणार्थी, पाकिस्तानमा बसोबास गर्ने विदेशी नागरिक तथा कूटनीतिक ब्यक्तित्वहरुको सर्वेक्षण गरिनेछ । साथै पहिलो पटक पाकिस्तानी समलिङ्गी र उभयलिङ्गी ब्यक्तिहरुको लगत राख्ने कार्य गर्न लागिएको पनि गणना प्रमुख बाज्वाले बताएका छन् ।
राष्ट्रिय जनगणना कार्यक्रममा प्रत्येक देशवासीका घर दैलो पुगी घरधुरी एवं परिवार सङ्ख्याजस्ता तथ्याङ्क सङ्कलन गर्न खटाइने सरकारी कर्मचारीको सुरक्षार्थ दुईलाख जति सेना परिचालन गरिने पनि जानकारी गराइएको छ ।
पछिल्लो पटक पाकिस्तानमा सन् १९९८ मा राष्ट्रब्यापी जनगणना भएको र त्यस बखत राष्ट्रको कूल जनसङ्ख्या अठ्ठार करोडको हाराहारी भएको अभिलेख राखिएको थियो ।
सो आंकडामा बृद्धि भै हालको जनसङ्ख्या बीस करोडभन्दा माथि नै पुग्ने तथ्याङ्क बिश्लेषकहरुको अनुमान छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल