दमासकस, २ चैत । सिरियाको केन्द्रमा रहेको अदालत भवनमा बुधबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।
सरकारी समाचार संस्था सानाले देशको निकै पुरानो अदालत भवनमा आतङ्ककारीहरुले आत्मघाती हमला गरेको र २५ जनाको हत्या गरेको जनाएको छ ।
दामसकस प्रहरीलाई उदृत गर्दै प्रेषीत समाचारका अनुसार हमलाकारीहरुले एम्बुसको समेत प्रयोग गरेका थिए ।
आक्रमणका बेला अदालत भवनमै रहनु भएका एक जना वकिलले एएफपीसँग भन्नुभयो, “भयानक आवाजका साथ भएको विस्फोटले हामीलाई नराम्रोसँग तर्सायो ।”
त्रसित अवस्थामा रहनु भएका ती वकिलले थप्नुभयो, “विस्फोटनको बेलामा हामी माथील्लो तलामा रहेको पुस्तकालयमा हामी एउटा फाईल हेर्दै थियौं ।”
“रक्तपातपूर्ण घटना भएको छ” उहाँले भन्नुभयो ।
कार्यालय समयमा धमाधम सेवाग्राहीको काम भईरहेका बेला आक्रमण भएकाले आक्रमणकारीहरुले आम नागरिकलाई लक्षित गरेर विस्फोट गराएको एक स्थानीयले सरकारी टेलिभिजनमा भन्नु भएको छ ।
सिरियामा यस्तो आत्मघाती आक्रमण सहितको द्धन्द्ध हुन थालेको ६ बर्ष भयो । सन् २०११ देखि सिरियामा सरकार विरोधी हिंसात्मक गतिविधिहरु भईरहेका छन् ।
गत शनिबार राजधानीमा भएका दुई ओटा बम हमलामा परी ७४ जना आम नागरिकको मृत्यु भएको थियो भने त्यसको जिम्मेबारी फतेह अल शाम फ्रन्टले लिएको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल