दमासकस, २ चैत । सिरियाको केन्द्रमा रहेको अदालत भवनमा बुधबार भएको आत्मघाती बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ भने अरु केही घाइते भएका छन् ।
सरकारी समाचार संस्था सानाले देशको निकै पुरानो अदालत भवनमा आतङ्ककारीहरुले आत्मघाती हमला गरेको र २५ जनाको हत्या गरेको जनाएको छ ।
दामसकस प्रहरीलाई उदृत गर्दै प्रेषीत समाचारका अनुसार हमलाकारीहरुले एम्बुसको समेत प्रयोग गरेका थिए ।
आक्रमणका बेला अदालत भवनमै रहनु भएका एक जना वकिलले एएफपीसँग भन्नुभयो, “भयानक आवाजका साथ भएको विस्फोटले हामीलाई नराम्रोसँग तर्सायो ।”
त्रसित अवस्थामा रहनु भएका ती वकिलले थप्नुभयो, “विस्फोटनको बेलामा हामी माथील्लो तलामा रहेको पुस्तकालयमा हामी एउटा फाईल हेर्दै थियौं ।”
“रक्तपातपूर्ण घटना भएको छ” उहाँले भन्नुभयो ।
कार्यालय समयमा धमाधम सेवाग्राहीको काम भईरहेका बेला आक्रमण भएकाले आक्रमणकारीहरुले आम नागरिकलाई लक्षित गरेर विस्फोट गराएको एक स्थानीयले सरकारी टेलिभिजनमा भन्नु भएको छ ।
सिरियामा यस्तो आत्मघाती आक्रमण सहितको द्धन्द्ध हुन थालेको ६ बर्ष भयो । सन् २०११ देखि सिरियामा सरकार विरोधी हिंसात्मक गतिविधिहरु भईरहेका छन् ।
गत शनिबार राजधानीमा भएका दुई ओटा बम हमलामा परी ७४ जना आम नागरिकको मृत्यु भएको थियो भने त्यसको जिम्मेबारी फतेह अल शाम फ्रन्टले लिएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा