लन्डन । नेपाली दूतावासले नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्वन्ध स्थापना भएको द्विशतवार्षिकी पुरा भएको उपलक्ष्यमा गरेको साताव्यापी विशेष समारोह मंगलबार भव्य उद्घाटन गरिएको छ ।
प्रमुख अतिथि ड्यूक अफ ग्लस्टर र नेपाली कांग्रेसकी सभासद डा. आरजु देउवाले समारोह उद्घाटन गरेका हुन् । उनीहरुले फोटो प्रदर्शनीको समेत उद्घाटन गरे ।
ड्यूक अफ ग्लस्टर दूतावास प्रांगणमा आइपुग्दा पन्चेबाजा बजाएर उनको भव्य स्वागत गरिएको थियो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र दूतावास परिवारले माला लगाइदिएका थिए । सम्वोधनका क्रममा ड्यूक अफ ग्लस्टरले आफू नेपाल गएको स्मरण गर्दै नेपाल अत्यन्त सुन्दर मुलुक भएको र नेपालीहरु अत्यन्त सहृदयी भएको बताए ।
ब्रिटिश विदेश मन्त्रालयका स्थायी उपसचिव साइमन म्याकडोनेलले बेलायत नेपालबीचको सम्बन्ध आउंदो २०० वर्षसम्म पनि फस्टाउने विश्वास व्यक्त गर्दै भूकम्पपछि बेलायतले नेपालमा राहत तथा पुनर्निर्माणमा १४ करोड पाउण्ड सहयोग प्रदान गरेको जनाए ।
कार्यक्रममा बोल्दै राजदूत सुवेदीले गोर्खा सैनिक भर्ती दुबै मुलुकबीच सम्बन्धको सबैभन्दा बलियो कडी हो भन्दै उनले दुईवटा विश्वयुद्धमा झण्डै ४३ हजार गोर्खालीले ज्यान गुमाएको स्मरण गरे । उनले नेपालमा पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा दूरसञ्चार जस्ता क्षेत्रमा बेलायतले गरेको सहयोग निकै महत्वपूर्ण रहेको समेत बताए ।
सोही अवसरमा बोल्दै नेपाली कांग्रेसकी सभासद डा. आरजु देउवाले नेपालले दौत्य सम्बन्ध कायम गरेको पहिलो मुलुक बेलायत भएको स्मरण गरिन् । उनले गोर्खाली सैनिकहरुको बलिदानले दुबै मुलुकहरुको सम्वन्ध अरु गहिरो भएको बताइन् । नेपालको संविधानमा महिला सशक्तिकरण तथा लैंगिक समानताप्रति बलियो प्रतिवद्धता रहेको बताउंदै उनले नेपालमा प्रजातन्त्र, मानव अधिकारको संरक्षण, मातृ तथा शिशु स्वास्थ्य जस्ता क्षेत्रमा बेलायतले गरेको सहयोगको प्रशंसा पनि गरिन् ।
उक्त कार्यक्रममा फोटो प्रदर्शनी र विविध संस्कृति झल्कने नाच प्रस्तुत गरिएको थियो भने वरिष्ठ गायिका मीरा राणाले स्वागत गीत गाएकी थिइन् । उक्त कार्यक्रम सञ्चालन दूतावासका उपनियोग प्रमुख शरदराज आरणले गरेका थिए ।
दूतावासमा मंगलबार समुदघाटन विशेष समारोह र नेपाली सांस्कृतिक महोत्सव भयो भने दोश्रो दिन १५ मार्चमा नेपाली पर्यटन महोत्सव, तस्विर र कला प्रदर्शनी गरिनेछ । त्यसैगरि, तेश्रो दिन नेपाल र बेलायत सम्वन्ध सम्वन्धि वौद्धिक अन्तरक्रिया, चौंथो दिन नेपाली साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनी, पांचौं दिन नेपाली संगीत र खाना महोत्सव, छैटौं दिन व्यापार र लगानी महोत्सव एवं सातौं दिन २० मार्चमा समापन विशेष समारोह र भिक्टोरिया क्रस विजेता १३ भूपू गोर्खाहरुको तस्विर अनावरण कार्यक्रम गरिने दूतावासले जनाएको छ ।
तस्विरहरुः बीरेन्द्र श्रेष्ठ
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा