
लन्डन । सहारा यूकेले आगामी १३ मे २०१७ का दिन एभरेष्ट कप फुटबल टुर्नामेन्ट गर्ने भएको छ । फेल्थाम कम्युनिटी कलेज, लन्डनमा सञ्चालन गरिने उक्त टुर्नामेन्ट मनोज गुरुङको
संयोजकत्वमा हुनेछ । प्रतियोगितामा अन्डर १६ युथको दुई आमन्त्रित टिम र १७ वर्ष माथिका २४ टिम सहभागी गराउने लक्ष्य सहित तयारी शुरु भएको संस्थाका महासचिव कृष्ण गुरुङले जानकारी दिए । नाइन ए साइड उक्त प्रतियोगिता सफल बनाउन कमल गुरुङ र दिलरास गुरुङको संयोजकत्वमा अर्थ संकलन समिति गठन गरिएको छ ।
सहारा यूकेले बेलायतस्थित नेपाली खेलाडीहरुको स्तरन्नोतिका लागि सन्डे लिग खेलाउंदै आएको छ । संस्थाले युवा खेलाडीलाई अभ्यास गराउन विभिन्न एकेडेमी र क्लबहरुमा आवद्ध गराउने योजना बनाइरहेको छ ।
सहारा यूके खेलकुदको अभिवृद्धिका साथै गरिव असहायलाई आर्थिक सहयोग गर्न कटिवद्ध छ । यसले नेपालमा भूकम्पपीडितका लागि राहत वितरण, लत्ता कपडा वितरण गर्नुका साथै गणेश प्रा.वि. गोरखाको भवन निर्माण कार्य सम्पन्न गरिसकेको छ । त्यस्तै श्री हैबुङ महादेव स्थान माध्यमिक विद्यालय हैबुङ सिन्धुपाल्चोक भवन निर्माणाधिन अवस्थामा छ ।
संस्थाले पोखरा सहाराको अक्षय कोषका लागि र सिन्धुपाल्चोकको विद्यालय भवन निर्माण सहयोगका लागि कार्यसमिति, सल्लाहकारकारहरु सबै कटिवद्ध भएर लागिरहेका छन् । यसका लागि च्यारिटी नाइटको तयारी हुंदैछ ।
हालै सम्पन्न १५ औं आहा रारा गोल्डकपमा सहारा यूकेले समेत सहभागिता र आर्थिक सहयोग गरेको थियो । उक्त गोल्डकपमा सहारा यूके अध्यक्ष मिन गुरुङको नेतृत्वमा कार्यसमिति सदस्यहरु र सल्लाहकारहरुको उल्लेख्य उपस्थिति थियो । सहारा यूकेले प्रत्येक वर्ष झैं यस वर्ष पनि सबै खेलमा म्यान अफ दि म्याचको ट्रफी वितरण गरेको थियो । साथै यस वर्षबाट म्यान अफ दिन म्याचको पुरस्कार राशीमा प्रत्येकलाई ५ हजार र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सहारा यूकेले सहारा पोखराले सञ्चालन गरेको फुटबल एकेडेमीलाई समेत सहयोग गर्दै आएको छ । एकेडेमीमा आश्रित टुहुरा बालबालिका पढाउने, फुटबल अभ्यास गराउने, रंगशाला बनाउने, भवन र छात्रावास निर्माण कार्यमा सहारा यूकेले सहयोग गरेको थियो । भविष्यमा एकेडेमी सञ्चालनका लागि सहारा पोखराले २ करोडको अक्षय कोष स्थापना गर्ने अभियानमा सहारा यूकेले ३० लाख रुपैयां सञ्चालन गरिसकेको छ । सहारा यूकेले पोखरा बसाईका क्रममा सहारा पोखराको दोबिल्लामा अवस्थित फुटबल एकेडेमीको भ्रमण गरी विद्यार्थीहरुलाई लत्ता कपडा र खाद्यान्न वितरण गरेको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई