
युद्धका कारण सिरिया मरुभूमि जस्तै बनेको छ भने तीन लाख बढि मानिसले ज्यान गुमाइसकेका छन् । तस्विरः एपी
दमास्कस (सिरिया), ३० फागुन । सिरियामा जारी युद्धमा छ वर्षको अन्तरालमा मृत्यु हुने सिरियाली नागरिकको सङ्ख्या तीन लाख २० हजार पुगेको सिरियाली मानवअधिकार समूहले सोमबार जनाएको छ ।
मानवअधिकारवादी उक्त संस्थाले आफ्नो तथ्याङ्कमा जनाएअनुसार तीन लाख २० हजार मृतकमध्ये १७ हजार ४०० बालबालिका र ११ हजार महिला रहेका छन् ।
तथ्याङ्कमा सरकारी सुरक्षा बल तथा सहयोगी लडाकूदस्तातर्फबाट मृत्युवरण गरेका एक लाख १४ हजार ४७४ व्यक्ति पनि समावेश भएको बताइएको छ ।
त्यसैगरी घाइते हुने सिरियाली विद्रोही र कुर्दिस लडाकूको सङ्ख्या ५५ हजार रहेको उक्त संस्थाले जनाएको छ । तथ्याङ्कअनुसार विगत छ वर्षमा अलकायदा आवद्ध सिरियाली अल नुस्रा फ्रन्ट र इस्लामिक स्टेट ‘आईएस’ समूहका ५६ हजार लडाकूसमेत मारिएका छन् ।
सिरियामा सन् २०११ को मार्च ११ मा सिरियाली सरकार, विपक्षी र केही बाहिरी शक्तिबीचको राजनीतिक सन्तुलन नमिलेपछि युद्ध सुरु भएको थियो ।
रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई दरोरूपमा सहयोग गर्दै आएको छ भने टर्की, अमेरिकालगायत केही मुलुकले विद्रोहीको अधिकारका लागि सहयोग पुरयाउँदै आएका बताइन्छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल