
युद्धका कारण सिरिया मरुभूमि जस्तै बनेको छ भने तीन लाख बढि मानिसले ज्यान गुमाइसकेका छन् । तस्विरः एपी
दमास्कस (सिरिया), ३० फागुन । सिरियामा जारी युद्धमा छ वर्षको अन्तरालमा मृत्यु हुने सिरियाली नागरिकको सङ्ख्या तीन लाख २० हजार पुगेको सिरियाली मानवअधिकार समूहले सोमबार जनाएको छ ।
मानवअधिकारवादी उक्त संस्थाले आफ्नो तथ्याङ्कमा जनाएअनुसार तीन लाख २० हजार मृतकमध्ये १७ हजार ४०० बालबालिका र ११ हजार महिला रहेका छन् ।
तथ्याङ्कमा सरकारी सुरक्षा बल तथा सहयोगी लडाकूदस्तातर्फबाट मृत्युवरण गरेका एक लाख १४ हजार ४७४ व्यक्ति पनि समावेश भएको बताइएको छ ।
त्यसैगरी घाइते हुने सिरियाली विद्रोही र कुर्दिस लडाकूको सङ्ख्या ५५ हजार रहेको उक्त संस्थाले जनाएको छ । तथ्याङ्कअनुसार विगत छ वर्षमा अलकायदा आवद्ध सिरियाली अल नुस्रा फ्रन्ट र इस्लामिक स्टेट ‘आईएस’ समूहका ५६ हजार लडाकूसमेत मारिएका छन् ।
सिरियामा सन् २०११ को मार्च ११ मा सिरियाली सरकार, विपक्षी र केही बाहिरी शक्तिबीचको राजनीतिक सन्तुलन नमिलेपछि युद्ध सुरु भएको थियो ।
रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई दरोरूपमा सहयोग गर्दै आएको छ भने टर्की, अमेरिकालगायत केही मुलुकले विद्रोहीको अधिकारका लागि सहयोग पुरयाउँदै आएका बताइन्छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार