लागोस (नाइजेरिया), २९ फागुन । नाइजेरियाली सरकारी सुरक्षाकर्मीले मुलुकको उत्तरपूर्वी राज्य ब्रोनोमा नाइजेरियाली बोको हराम समूहद्वारा बन्धक बनाइ राखेका २११ जनालाई उद्धार गरेको सैनिक अधिकारीले आइतबार बताएका छन् ।
‘अपरेसन लाफिमा डोल’ नाम दिइएको ‘२२ ब्रिगेड ग्यारिसन’द्वारा किङ्गाल मुर्रे र माजा गाउँमा सञ्चालित सुरक्षा कारबाहीपछि बोकोहराम समूहद्वारा विभिन्न समयमा बन्धक बनाएका उनीहरुलाई उद्धार गर्न सेना सफल भएको सेनाका प्रवक्ता सनी उस्मानद्वारा जारी सिन्ह्वालाई प्राप्त विज्ञप्तिमा जनाइएको छ ।
नाइजेरियामा सन् २००९ देखि बोकोहरामद्वारा सुरु गरेको द्वन्द्वमा परी कम्तिमा २० हजार नाइजेरियालीको मृत्यु भएको छ भने २३ लाख नाइजेरियाली आन्तरिक तथा बाह्य रुपमा विस्थापित बनेका छन् ।
नाइजेरियाली विद्रोही समूहको सुरक्षित आश्रयस्थल साम्बिसा जङ्गललाई सन् २०१६ को डिसेम्बरमा सेनाद्वारा चलाएको सुरक्षा कारबाहीमा नियन्त्रणमा लिन सफल भएपछि बोको हराम विरुद्धको कारबाहीले एकपछि अर्को गर्दै उल्लेख्य सफलता पाएको छ ।
पछिल्लो समय नाइजेरियाली सरकारी सुरक्षाफौजले नाइजर र चाड क्षेत्रको वन क्षेत्रमा आफ्नो कारबाहीलाई केन्द्रित गर्दै हवाई तथा स्थल कारबाहीमार्फत बोकोहराम समूहविरुद्ध कारबाही अघि बढाएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल