मोगादिसु (सोमालिया), २१ फागुन । सोमालियाको दक्षिणी क्षेत्रमा लामो खडेरीपछि हैजाको प्रकोपका कारण विगत दुई दिनमा ११० जनाको मृत्यु भएको र कैयौँ गम्भीर बिरामी परेका केन्याका प्रधानमन्त्री हसन अलि खाइरेले शनिबार बताउनुभएको छ ।
प्रधानमन्त्री खैरेका अनुसार मुलुकको क्षेत्रमा खडेरीपछि ठूलो सङ्ख्यामा हैजा र अन्य रोगका असर देखिएको जनाउँदै सरकारले यस्ता प्रकोप नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखी कार्यक्रम ल्याउने भन्दै केन्याली जनतालाई आश्वस्त तुल्याउनुभएको छ ।
सोमालियाको दक्षिणपूर्वी क्षेत्रलाई प्रतिनिधित्व गरी कृषिमन्त्री समेत बन्नुभएका मोहमद हसन फिकीले शनिबारै हैजाको प्रकोप आफूहरुको नियन्त्रण क्षमता बाहिर रहेको बताउँदै राष्ट्रिय सरकार र अन्तराष्ट्रिय समुदायसँग मानवीय सहयोगको याचना गर्नुभएको छ ।
क्षेत्रको गुफगड्डुड अवडिनले र वेरडेल इलाकामा हैजाले स्थानीयलाई नराम्री सताएको र यस रोगका कारण लगातार सर्वसाधारणको मृत्यु भएको खबर प्राप्त भइरहेको बताउनुभयो । उहाँले शनिबारसम्म ११० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाउँदै रोग नियन्त्रणमा सहयोग नभएमा सो सङ्ख्यामा निकै वृद्धि हुने देखिएको बताउनुभयो । रोग नियन्त्रणका लागि स्थानीय स्वास्थ्य केन्द्र तथा प्रशासनको केही नलाग्ने देएिको फिकीको भनाइ छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल