बग्दाद, १९ फागनु । इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले गत फेब्रुअरी महिना भरीमा इराकमा ३८५ जना नागरिकको मृत्यु भएको जानकारी दिएको छ ।
मिसनले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार फेब्रुअरीमा ६०९ जना घाइते भएका छन् ।
आतङ्ककारीका गतिविधि र हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्कमा सुरक्षाकर्मीको सङ्ख्या भने जोडिएको छैन ।
मिसनले यसअघि सार्वजनिक गरेको तथ्याङ्कमा मृत्यु भएका सुरक्षाकर्मीको सङ्ख्या पुष्टी भएको थिएन ।
फेबु्रअरीको तथ्याङ्कमा इराकको पश्चिमी प्रान्त अनबारमा भएको हिंसामा मृत्यु हुनेहरुको सङ्ख्या पनि समावेश गरिएको मिसनले जनाएको छ ।
इराकका लागि राष्ट्रसङ्घीय दुत तथा मिसनका प्रमुख जान कुबिजले आमनागरिकलाई लक्षित गरेर हिंसात्मक घटना गराउन इस्लामिक स्टेट (आईएस)का लडाकु दोषी रहेको बताउनुभयो ।
सरकारी सेनाले भने आतङ्ककारीबाट आम नागरिकको हत्या नियन्त्रण गर्न प्रयास गर्दा आफ्नो व्यवसायीकताको सम्मान गरेको उहाँले बताउनुभयो ।
मोसुलबाट विस्थापित हुनेको सङ्ख्यामा वृद्धि
संयुक्त राष्ट्रसङ्घ, १९ फागुन । संयुक्त राष्ट्रसङ्घको मानवीय सहयोगसम्वन्धी निकायले उत्तरी इराकको दक्षिणी मोसुलमा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरुको सङ्ख्या बढिरहेको जनाएका छन् ।
गत फेब्रुअरी २५ देखि अहिलेसम्म दैनिक चार हजारको दरले उनीहरु विस्थापित भएका राष्ट्रसङ्घका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ ।
“असुरक्षाका कारण विस्थापित भएका परिवारलाई शिविरमा राखेर मानवीय सहायता प्रदान गरिएको छ,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
उहाँले मानवीय सहायता साझेदार हिजो मात्रै त्यस क्षेत्रमा प्रवेश गर्न सफल भएको बताउनुभयो ।
इराकी प्रधानमन्त्री हैदर अल अवाडीले गत जनवरीमा इस्लामिक स्टेटका लडाकुहरु विरुद्ध १०० दिने लडाइको घोषणा गर्नुभएको थियो ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल