
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र), राप्रपा, मधेशी मोर्चा बीचको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्य दलका शिर्षनेताहरु । तस्बिरः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १८ फागुन । समसामयिक राजनीतिक विषयमा सहमति जुटाउन बसेको सत्तारुढ दलहरुको बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसवादी दलहरूसहित प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल भएपनि निष्कर्षमा पुगी नसकेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।
“संविधान संशोधन गर्न दर्ता भएको संशोधन प्रस्ताव पारित गरेर मात्रै स्थानीय तहको निर्वाचनमा जानुपर्ने पुरानै माग मधेसवादी दलका नेताहरूले राख्नुभयो, स्थानीय तहको सङ्ख्या र क्षेत्राधिकारबारे प्रदेशको भन्दा अलि बढी अधिकार भयो भन्ने पनि उहाँहरूले तर्क राख्नुभएको छ”–उहाँले भन्नुभयो ।
प्रवक्ता भुषालका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ ले छलफल अत्यन्त सकारात्मक भएको र पुनः छलफल गरेर निर्णयमा पुग्ने बताउनुभएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म आफूहरू निर्वाचनमा सहभागी नहुने विषयलाई बैठकमा प्रस्तुत गरेको जानकारी दिनुभयो ।
प्रवक्ता भुषालले संविधान संशोधन पारित गरेर जानुपर्छ भन्ने सरकारको भनाइ रहेपनि बहुमतको सरकार भएको हुँदा सबैलाई समेटेर जानुपर्छ भन्ने हाम्रो भनाइ रहँदै आएको छ भन्नुभयो ।
बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’का साथै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र प्रवक्ता भुषाल तथा मेधशी मोर्चाको तर्फबाट महन्थ ठाकुर, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतका नेताको सहभागिता रहेको थियो ।
त्यसैगरी बैठकमा राप्रपाका अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि सहभागी हुनुभएको थियो ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान