वासिङ्गटन, १८ फागुन । सातवटा मुस्लिम बाहुल्य मुलुकका नागरिकहरुलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करीब एक महिना अघि जारी गर्नु भएको कार्यकारी आदेशमा केही परिमार्जन गरी अर्को नयाँ आदेश आउन लागेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् ।
यस नयाँ आदेशमा अमेरिका प्रवेश गर्नबाट निषेधित मुलुकहरुको सूचिबाट इराकलाई हटाइने भएको छ ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश मन्त्रालयले दबाब दिएका कारण ट्रम्प प्रशासन यस्तो नयाँ कार्यकारी आदेश जारी गर्ने मनस्थिति र निर्णयमा पुगेको चार जना अमेरिकी उच्च अधिकारीहरुले जनाएका छन् ।
आफ्नो नाम नबताउने शर्तमा यस बारे थोरै मात्र खुलासा गर्ने ती उच्च अधिकारीहरुले सो कार्यकारी आदेशमा राष्ट्रपतिको हस्ताक्षर भै नसकेकाले यसको विस्तृत जानकारी दिन नमिल्ने बताएका थिए ।
आतङ्ककारी इस्लामिक स्टेट्सका सशस्त्र लडाकू समूहबिरुद्ध लड्न इराक सरकारले मुख्य भूमिका निर्बाह गर्दै अमेरिकी सेनालाई निरन्तर सहयोग गरिरहेका हुँदा उक्त दुबै मन्त्रालयले ह्वाइट हाउसलाई आफ्नो पूर्व निर्णयमा पुनर्बिचार गर्न निरन्तर दबाबमूलक अनुरोध गरि रहेका थिए ।
नयाँ कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले बुधबार (नेपाली समय अनुसार बिहीबार बिहानसम्म) हस्ताक्षर गर्नु हुने अपेक्षा गरिएको छ । राष्ट्रपतिको हस्ताक्षर भै सकेपछि यस नयाँ आदेशले अमेरिकी संघीय अदालतमा मुद्दा चलेपछि रोकिन पुगेको पुरानो आदेशलाई प्रतिस्थापन गर्नेछ ।
अमेरिका प्रवेश गर्नबाट निषेधित सूचिका मुस्लिम बाहुल्य अन्य छ वटा मुलुकहरुः इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमनलाई भने पूर्व प्रतिबन्ध कायमै रहने छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल