सोल (दक्षिण कोरिया), १५ फागुन । दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हे यहाँको संवैधानिक अदालतद्वारा सोमबार गरिने उहाँमाथिको महाअभियोगका विषयमा हुने अन्तिम सुनुवाईमा उपस्थित नहुने बताउनुभएको दक्षिण कोरियाली सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
उक्त अदालतले महाभियोग लगाइएका दक्षिण कोरियाली नेतालाई प्रतिवादीका रुपमा अन्तिम बचाउका लागि उपस्थित हुने वा नहुने विषयमा जानकारी दिन आइतबारसम्मको समय दिएको थियो ।
सन् २०१६ को डिसेम्बर ९ मा दक्षिण कोरियाली संसदले राष्ट्रपति हे विरुद्ध महाअभियोग विधेयक पास गरेको थियो । सो विषय अहिले अदालतमा विचाराधिन अवस्थामा छ ।
अदालतले मार्च १३ को आसपासमा उहाँको महाअभियोग विधेयकका सम्बन्धमा अन्तिम फैसला दिने अपेक्षा गरिएको छ ।
स्मरणीय कुरा के छ भने मार्च १३ मा नै यहाँका कार्यवाहक प्रधानन्यायाधीशले अवकाश पाउँदै हुनुहुन्छ ।
महाअभियोगसम्बन्धी प्रस्ताव सदर हुनका लागि सर्वोच्च अदालतका बाँकी आठ न्यायाधीशमध्ये छ जनाले समर्थन गर्नुपर्ने हुन्छ । समाचारमा जनाइएअनुसार थप एक न्यायाधीशको अवकाशले अदालतको फैसलाको वैधतामा ‘खतरा’ हुने देखिएको छ ।
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल